महेन्द्र राजमार्गअन्तर्गत उर्लाबारी -३ मंगलबारे सडकखण्डमा शुक्रबार विहान यात्रुवाहक बसको ठक्करबाट साईकलमा सवार एक पुरुषको मृत्यु भएको छ।

विहान करिव ६:३० बजे उर्लाबारी -३ बक्राहा पुल छेउमा पश्चिम पथरीबाट पुर्व उर्लाबारीतर्फ आउदै गरेको प्र१-०१-००१ख ४१३६ नम्बरको यात्रुबाहक मकालु बसले उर्लाबारी -४ बस्ने ६६ वर्षिय निर बहादुर लिम्बुलाई ठक्कर दिई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

दुर्घटनाबाट गम्भिर घाईते भएका लिम्बुको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा विहान करिव ७:१० बजे मृत्यु भएको उर्लाबारी प्रहरी प्रमुख प्रहरी निरिक्षक राकेश यादवले बताए ।

यता प्रहरीले बससहित बसका चालक झापा जिल्लास्थित हल्दिबारी ३ बस्ने ३० वर्षिय चालक पदम गौतमलाई तत्काल नियन्त्रणमा लिईएको जनाएको छ। उनीविरुद्ध सवारी ज्यान मुद्धामा मोरङ जिल्ला अदालतबाट ५ दिन म्याद थप भई थप अनुसन्धान भैरहेको प्रहरी निरिक्षक यादवले बताए ।

यसैबिच उनको परिवार र आफन्तले विभिन्न माग राख्दै दिउसो करिव १५ मिनेट एकतर्फी सडक अवरुद्ध गरेको प्रहरी निरिक्षक यादवले बताए । यस्तै मृतकको परिवारले यातायात व्यवसायी सम्पर्कमा नआएसँगै लिम्बुको शव बुझ्न नमानेको प्रहरी निरिक्षक यादवले बताए ।

त्यस्तैगरी उनीहरुको माग पुरा गर्ने सहमति भएसँगै राजमार्गको अवरोध खोलिएको प्रहरी निरिक्षक यादवले बताए ।

 

 

यसैबिच उर्लाबारी वडा नम्बर ३ का वडाध्यक्ष भिष्मराज बुढाथोकीले मृतकको परिवार र यातायात व्यवसायीबिचको वार्ता सफल भएको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय