पथरी —फुटबल लगायत खेलमा खेलाडी र दर्शकको रुचि बढिरहेका बेला मोरङ्गको पथरीशनिश्चरेका विभिन्न गाउँ–नगरमा खेल मैदान बनाउने लहर चलेको छ । पहिलेदेखि भएका मैदान व्यवस्थित पार्ने र नयाँ मैदानको निर्माण कार्य गरिएको छ । यस कार्यमा स्थानिय वडा अध्यक्षहरु प्रत्यक्ष सहभागी भइरहेका छन् ।

पहिला पहिला फुटवल र क्रिकेटका प्रतियोगिता स्कुलका मैदानमा गरिने गरिए पनि पछिल्लो समय विद्यालयका मैदान भवन निर्माणमा प्रयोग हुन थाले पछि ठुला प्रतियोगिता विद्यालयमा हुन छोडेका छन भने त्यस्ता प्रतियोगीताले विद्यालयको पठनपाठनमा अवरोध हुन समस्याका कारण मैदानको विकल्प खोज्न थालिएको हो ।
पथरीशनिश्चरे ८ मा रहेको वुद्ध मावी पछाडीको खाली जग्गामा मैदान वनाउन सुरु गरिएको छ । करिव २ विगाह क्षेत्रमा सो मैदान निर्माण हुने छ । वडा कार्यालयको अगुवाइमा नगरपालिकाले मैदान सम्याएर मैदान वनाउन थालिएको छ । ‘मैदान अभाव पहिलेदेखि खड्किएकाले मैदान वनाउ थालिएको हो,’ वडाध्यक्ष नविन जंग कार्कीले भने, ‘अहिले नगरपालिकाको सहयोगमा मैदान निर्माण गर्न थालिएको छ’ यो मैदानलाई विद्यालयले समेत प्रयोग गर्ने व्यवस्था गरिएको छ ।
निर्माण सुरु गरिएको मैदानमा अर्का वष प्रतियोगिता गरेरै छाड्ने वडा अध्यक्ष कार्कीको लक्ष्य रहेको छ । खेलमैदान मात्र नभएर नगरकै पहिचानको रंगशाला निर्माण हुने वडा अध्यक्ष कार्कीले वताए । प्याराफिट सहितको मञ्च समेत रहने गरि रंगशाला बन्न लागेको छ । वुद्ध मावीको पछाडी रहेको सो जग्गामा पहिले केहि विरुवा र होली रहेको थियो । अहिले सो होली पुर्ने र भएका विरुवा व्यावस्थापन गरेर रंगशालाको निर्माण सुरु भएको हो ।
खेलमैदानको अभाव पुरा गर्न वडा र नगरले गरेको कार्यमा स्थानिय प्रभात सामुदायीक क्लवले साथ दिइराखेको छ । ‘माटो पुर्ने काम हुदै छ अरु धेरै काम छ त्यस पछि त नियमीत फुटवलको प्रशिक्षण सुरु गर्ने छौ’ प्रभात सामुदायीक क्लवका उपाध्यक्ष किसन राईले भने ‘मैदान आवश्यक थियो रंगशाला वन्ने भएपछि स्थानिय खेलाडीमा समेत उर्जा भरिएको छ’ ।
पहिलो चरणमा नगरपालिकाले १० लाख रुपयाँ दिएको छ ,वडा वाट समेत वजेट विनियोजन गर्ने र खेलकुदका अन्य विभाग वाट समेत वजेत ल्याएर सुविधा सम्पन्न रंगशाला वनाउने सपना छ वडा अध्यक्ष कार्कीको । सोहि अनुसार काम थालिएको छ । जग्गा खरिद गर्न नपरेपछि भौतिक पुर्वाधार विकासमा नै सवै खर्च गरिन लागिएको हो ।

फुटबल मैदान अन्तराष्ट्रि«य मापदण्ड अनुसार वन्ने छ । यसको संरक्षणका लागी स्थानिय प्रभात सामुदायीक क्लवले भुमीका खेल्ने क्लवका अध्यक्ष अमर वहादुर थापाले वताए ।
मैदान अभावकै कारण यहाका खेलाडीलाई समस्या हुने गरेको थियो । नजिकै मैदान नभएकाले खेलाडी प्रशिक्षण गर्न मात्रै ६ किलो मिटर टाडा सम्म जानु पर्ने अवस्था थियो । पथरी वजार सम्म पुग्नु पर्ने अवस्था थियो । खेल मैदानको निर्माणले स्थानिय खेलाडीमा उर्जा भरिएको फुटवल खेल्दै आएका खेलाडी सौर्य राउतले वताए ।
नजिकै खेल मैदान भए त झन सजिलो हुन्छ । यहि क्षेत्रवाट फुटवल प्रशिक्षण गरेको कति पय खेलाडी जिल्ला र जिल्ला वाहिर आयोजना हुने फुटवल प्रतियोगीतामा सहभागी हुदै आएका छन् । केहि खेलाडीलाई त अन्य क्षेत्र वाट प्रतिनिधीत्व गरेर खेल्न भ्याइ नभ्याइ छ ।
मैदान निर्माण र नियमित प्रशिक्षण हुने हो भने प्रतिभाशाली खेलाडी उत्पादन हुने राउतको विश्वास छ । राउत अहिले पुर्वमा आयोजना हुने फुटवल प्रतियोगीतामा प्रभावशाली प्रर्दशन गर्ने खेलाडीका रुपमा चिनिन्छन् ।
मैदानको निर्माण पछि वडावासीले समेत नभइ छिमेकी वडाहरुका खेलाडी समेत मैदानमा प्रशिक्षण र प्रतिष्पर्धा गर्न आउने छ ।
व्यावस्थीत मैदानको अभावमा प्रशिक्षणमा समेत समस्या हुने गरेको छ । खाल्डाखुल्डी मै अभ्यास गनूृ पर्ने र सो गर्दा खेलाडीमा जोखिम हुने सम्भावना रहन्छ ।
वडाको सक्रियतामा वन्न लागेको सो रंगशालाको पुर्णता पछि मोरङ्गको पथरीमा भइरहेको मैदान अभावको समस्या समेत केहि हद सम्म समाधान हुने छ ।