पथरी
विरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले एकिकरण दिवसका अवसर पारेर २ दर्जन वढि ब्याक्तीलाई सम्मान गरेको छ । शनिबार पथरीशनिश्चरे ३ को जेष्ट नागरिक भबनमा आयोजना गरिएको कार्यक्रममा लेखक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सीना,युवा जिव वैज्ञानिक विवेक गौतम समेतलाई सम्मान गरिएको हो ।
एकिकरण कार्यमा महत्वपुर्ण भुमीका निभाएको भन्दै पुर्व सचिव कृष्ण प्रसाद अधिकारी सम्मान गरिएको थियो भने पुर्व सञ्चालक सदस्य सम्मान बाट देवी प्रसाद तिम्सिना सम्मानित भए ।
माघ ५ लाई साकोसले एकिकरण दिवसका रुपमा मनाउदै आएको छ । साविक भावना साकोस,न्यु कञ्चन साकोस र शान्तिदिप साकोस संग एकिकरण गरेर एकिकृत कारोबार गरेको दिनलाई संस्थाले एकिकरण दिवसका रुपमा मनाउदै आएको छ । संस्थाका अध्यक्ष नरहरी बराल,पुर्व अध्यक्षद्धय ज्ञानेन्द्र अधिकारी र देवी दंगालले सम्मानितहरुलाई दोसल्लाले सम्मान गरेका हुन् ।
सो कार्यक्रममा शताब्दि शेयर सदस्य अभिनन्दनबाट कदिर ध्वज देवानलाई अभिनन्दन गरिएको थियो । एकल महिला सम्मान बाट जमुनी माया मगर,चेत कुमारी कडेल सम्मानित भए भने जेष्ट शेयर सदस्य सम्मान वाट रुपाङ्गध्वज चेम्जोङ्ग, भुमीनन्द पोख्रेल,देवीमाया कार्की र जगमाया पौडेललाई सम्मान गरिएको थियो । साकोसका विभिन्न विधा वाट रिता राई,चेत वहादुर थापा,रेखा भारती,खगेन्द्र दर्जी,सिताराम पौडेल र जानुका ढुङ्गेल पुरस्कृत भए । एस इइमा उत्कृष्ट अंक ल्याउने ३ विद्यार्थीलाई समेत सोहि कार्यक्रममा पुरस्कृत गरिएको थियो । यसरी पुरस्कृतहुनेहरुमा दर्शनराज रेग्मी,प्रत्युसा भट्टराई र भरोसा विक रहेका छन् । कार्यक्रमको संन्चालन साकोसका सचिव तिर्थ आचार्यले गरेका थिए ।