बिहिबार उर्लाबारी उद्योग वाणिज्य संघको सभाहलमा कर सहभागितासम्बन्धि एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

करदाता सेवा कार्यालय पथरीको आयोजनामा आज सम्पन्न सो कार्यक्रममा उर्लाबारीका ९५ जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रम व्यवसाय गर्दा कसरी शुरु गर्ने, के कस्ता क्षेत्रमा कर लाग्ने, व्यवसायीहरुले लेखा प्रणाली कसरी राख्ने, करको क्षेत्र र दायरा , छुट तथा जरिवाना जस्ता बिषयमा जानकारी गराउने उदेश्यले आयोजना गरिएको बताईएको छ । सो अवसरमा करदाता सेवा कार्यालय पथरीका प्रमुख मनिष भट्टसाईले करको बारेमा विस्तृत जानकारी गराएका थिए । यस्तै उनले धेरैजसो व्यवसायीहरुले आफ्नो व्यवसाय शुरु गर्दा कर र लेखा प्रणालीबारेमा अनविज्ञ हुँदा समस्या आउने गरेकाले बुझेर व्यवसाय गर्दा सहज हुने बताए।

उनकाअनुसार नियमित कारोबार विवरण अपलोड गर्न छुट भएका व्यवसायीहरुलाई सो विवरण अपलोड गर्न फागुन मसान्तसम्म समय दिईएको छ ।

सो अवसरमा करदाता सेवा कार्यालयका प्रमुख भट्टराईले करसम्बन्धि विस्तृत जानकारीका अलवा डे १, डे२, मास्केवारी, कारोबार विवरण, कर प्रणाली, छुटलगायतको बारेमा प्रष्ट्याएका थिए ।

वाणिज्य संघका अध्यक्ष तारामान सिरिङ लिम्बूको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन उद्योग सचिव भेषबन्दु निरौलाले गरेका थिए ।

सो अवसरमा बोल्दै संघका अध्यक्ष लिम्बूले करसम्बन्धि सचेतना कार्यक्रमले व्यवसायीहरुमा थप ज्ञान र सचेतना प्रदान गर्नेमा विश्वस्त रहेको बताए । यस्तै लिम्बूले वाणिज्य संघको पहलमा यस्ता कार्यक्रमहरु नियमित रुपमा आयोजना गरिने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय