सोलुखुम्बु । अपर सोलु हाइड्रोपावरको ड्यामसाइटमा एक महिलाका शव फेला परेको छ ।
सोलु दुधकुण्ड नगरपालिका-७ को साल्मे स्थित ड्यामसाइटमा सडेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिए ।
हाइड्रोपावरका कर्मचारीहरुले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल तर्फ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी निरीक्षक राम किशोर शाहसहितको टोली पुगेको छ ।
करिब एक महिना अघि सोलु दुधकुण्ड नगरपालिका-४ बाट बेपत्ता भएका रंगे विश्वकर्माका श्रीमती शषिकला राईको हुन सक्ने डिएसपी शाहले बताए । शवको पहिचान भने भै नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय