
उर्लाबारी । मोरङको उर्लाबारीमा आगमाी फागुन १५ गते देखी २५ गते सम्म संचालन हुने “उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव” व्यावस्थापन तथा संचालनका लागि १ सय ५१ सदस्यि मुल समिती गठन भएको छ ।
उर्लाबारी उद्योग वाणिज्य संघको आयोजनामा स्थानिय व्यापार, व्यावसायलाई चलायमान बनाउने उद्देश्यका साथ संचालन हुन गईरहेको महोत्सवको व्यावस्थापनमा संघका पुर्व अध्यक्ष भरत भट्टराईको संयोकत्व रहने गरी १ सय ५१ सदस्यि मुल आयोजक समिती गठन गरिएको छ।
वाणिज्य संघका अध्यक्ष तारामान सिरेङको अध्यक्षतामा बसेको बैठकले उक्त समिती विस्तार गरेको हो ।
विस्तारित समितीको संयोजकमा भरत भट्टराई, सह–संयोजकमा निर्वतमान अध्यक्ष शेर बहादुर भण्डारी, सचिव सम्झना आर्चाय, स–सचिव हेमराज गुरुङ र कोषध्यक्षमा विकास बुढाथोकी रहेका छन् ।
सदस्यहरुमा राजकुमार श्रेष्ठ, विक्रम चापागाई, चन्द्रकला खड्का, केशव भट्टराई, नेत्र आपागाई, निरु चौहान र सुनिल बोहोराको कार्यसम्पादन समिती गठन भएको छ ।
यस्तै महोत्सव व्यावस्थापनका लागि मुल समिती भित्र बाटै ८ वटा उपसमिती समेत विस्तार गरिएको छ । प्रचार–प्रसार उपसमितीमा संचार क्लव नेपालका अध्यक्ष कुमार खड्का संयोजक, स्टल व्यावस्थापनमा केशव भट्टराई संयोजक, आर्थिक उपसमिती संयोजकमा विकास बुढाथोकी र सदस्यमा दशरथ यादव, महोत्सव एरिया व्यावस्थापन उपसमिती संयोजकमा मनोज लुईटेल र सदस्यमा बासु घिमिरे, ईन्द्र दहाल र तारा गौतम, युवा व्यावस्थापन उप–समिती संयोजकमा सुनिल बोहोरा सदस्यमा प्रेम याक्खा, नितम चौहान, दिपक आलेमगर र प्रभु दिलुङछा राई रहेका छन् ।
यस्तै टिकट व्यावस्थापन उपसमिती संयोजकमा भेषबन्धु निरौला, सदस्यमा विनिता, देविका, ममता पाण्डे र निरु चौहान रहेका छन् । यातायात व्यावस्थापन संयोजकमा राजकुमार श्रेष्ठ मकै र सदस्यमा सर्वजित भण्डारी रहेका छन ।
यस्तै अथिती सत्कार संयोजमा चन्द्रकला खड्का र सदस्यहरुमा सविन तामाङ, सविता धिमाल, ममता मगर, उर्मिला गौतम र समिक्षा सुवेदी रहेको संयोजक भरत भट्टराईले बताए ।
महोत्सव उर्लाबारी–४ स्थित नगरपालिकाको कार्यालय सगै रहेको दक्षिण पट्टिको खाली जग्गामा लाग्ने भएको छ । महोत्सवमा विषेश गरी आदिवासी फुड स्टल, अटोमोबाईल्स स्टल, दैनिक उपभोग्य बस्तु तथा सेवा, कषिजन्य बस्तुहरुको विशेष प्रर्दशनी, साना तथा घरेलु उत्पादनहरु, हस्तकलाका उत्पादनहरु, गार्मेन्टबाट उत्पादित बस्तुहरु, शैक्षिक तथा वित्तिय सस्थाहरु, होटल तथा रेष्टुरेन्ट, अटोमोबाईल, फुटवेयर, निर्माण सामाग्री, ईलेक्ट्रोनिक्स तथा इलेक्ट्रीक सामाग्रीहरु, फर्निचर तथा फर्निसिङका सामाग्रीहरु, जडिबुटी तथा औषधीजन्य बस्तुहरु, विभिन्न सास्कृतिक एवम मौलिकता झल्कीने वस्तुहरुको प्रर्दशनी, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती, बाल उद्यान तथा मनोरञ्जनात्मक खेल तमासाहरु रहने संघले जनाएको छ।
१० दिन सम्म संचालन हुने महोत्सवलाई करिव ३ लाख जनताले अवलोकन गर्ने र करिव १५ करोडको कारोबार गर्ने अपेक्षा संघले लिएको छ । महोत्सवमा १ सय व्यापारीक स्टलहरु रहने छन् ।



