
उर्लाबारी । गत मंसिर ३० देखी पुष ४ गते सम्म लागेको चासोक तङनाम (पर्व) कार्यक्रमको हिसाव सार्वजनिक गरेको छ ।
उर्लाबारी ९ स्थित आम्बारीमा आयोजित उक्त कार्यक्रमको आज हिसाव सार्वजनिक गरिएको हो ।
किरात याक्थुम चुम्लुङ उर्लाबारीको आयोजनामा भएको उक्त कार्यक्रममा सहयोग रसिदबाट ८ लाख १७ हजार ६ सय २०, भेटीबाट ३४ हजार १ सय ९५, फुटबल प्रवेश शुल्कबाट २० हजार, वडा नम्वर– ८ बाट २४ हजार २ सय, वडा नम्वर–९ बाट ८८ हजार, नगरपालिकाबाट ८८ हजार र वडा नम्वर–३ बाट ८ हजार गरी १० लाख ८० हजार १५ रुपैया आम्दानी भएको थियो भने कार्यक्रममा ९ लाख ९४ हजार ८ सय २० रुपैया खर्च गरी ८५ हजार १ सय ९५ रुपैया बचत भएको कोषाध्यक्ष कर्ण लिम्वुले बताउनुभयो ।
बचत भएको रकम किरात याक्थुम चुम्लुङ समितीको विकासमा कोषमा राखी चुम्लुङका गतिविधीमा खर्च गरिने समितीकी अध्यक्ष बानु सुव्बाले बताईन । हिसाव सार्वजनिक कार्यक्रममा समितीका सचिव अन्जु सम्बाहाम्फे, कार्यसमिती सदस्य तथा पदाधिकारी र सल्लाहकार समितीका सदस्यहरुको उपस्थिती रहेको थियो ।



