कानेपोखरी । मोरङको कानेपोखरी गाँउपालिका स्थित ग्रामिण सुधार सामुदायिक वनबाट सालको काठ तस्करी हुने गरेको पाईएको छ ।
कानेपोखरी गाउपालिका वडा नम्वर ४ र ६ मा पर्ने सामुदायिक वन क्षेत्रबाट सालको काठ चोरी गरी विक्रि गर्ने समुह सक्रिय भएको सुचनाका आधारमा उपभोक्ता समितिका सदस्य, वनका कर्मचारी र शसस्त्र प्रहरीको टोलीले कानेपोखरीका विभिन्न स्थानबाट आज विहिबार काठ बरामद गरेको हो ।
सामुदायिक बनको आन्तरिक समस्याका कारण वनबाट विगत ४/५ वर्ष देखी बनपैदावार निकासी हुन सकेको छैन् भने जंगलमा लडेका रुखहरुसमेत सामुदायिक वनले घाटगद्धि गर्न नसक्दा काठको अवैद्ध कारोबार गर्नेहरुको आखामा यति वेला बनभित्र लडेका सालका रुखमा पर्न थालेको र रुखहरु चोरी हुने गरेको बनका अध्यक्ष नविन गुरुङ बताउछन् ।
सामुदायिक बनमा काठ तस्करी हुने गरेको यो पहिलो घटना भने हैन यस वनबाट पटकपटक गरेर यस अघि सम्म १ हजार भन्दा बढी किवी काठ चोरी भै सकेको बनका सदस्य शेरबहादुर लिम्वुको भनाई छ ।
वनको सुरक्षाका लागि वनले बन हेरालु पनि राखेको छ तर काठको अवैद्ध कारोबारमा समलग्नहरुले वनमा लडेका रुखहरुलाई काटेर कानेपोखरीका विभिन्न ठाउसम्म पुर्‍याएर चिराउने गरेको पाइएको लिम्वुले बताए ।
तस्करहरुले बनमा लडेका रुखहरुलाई रातको समयमा तस्करी गरी कानेपोखरीको मयुर फर्निचर उद्योगको काष्ठ मिल र अन्य आसपासका क्षेत्रमा पुर्‍याएर लुकाएको सुचनाको आधारमा शसस्त्र प्रहरीले छापा हानी बरामद गरेको शसस्त्र प्रहरी बेस क्याम्प पथरीशनिश्चरेका सहि युवराज खतिवडाले बताए ।
बरामद गरिएको करिव ४४ किवी सालको काठलाई कानेपोखरी सव डिभिजन वन कार्यालयलाई बुझाईएको छ । काठ ओसारपसारमा समलग्न स्थानिय दिलिप माझीको सिटीसफारी र उनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय