उर्लाबारी । मोरङको उर्लाबारीमा फागुन १५–२५ गतेसम्म संचालित उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सवमा आज चर्चित ज्योति मगरको प्रस्तुती रहने छ ।
किशोर, युवा र पाका सवै उमेर समुहका दर्शकको मनमा बस्न सफल गायिका ज्योति मगरले उर्लाबारीको माहोललाई तताउने भएकी छिन् ।
स्टेजममा गायिका ज्योतिले दिने ग्यामरस प्रस्तुतीले दर्शकको मनलाई उत्साहित बनउाने गरेको छ । बजरमा उनका ‘पिरतीमा दम छ, ‘बन केरा, ‘जिम्मल बाउकी छोरी’ जस्ता गितहरु हिट रहेका छन् ।
महोत्सवको अन्तिम दिन रकहेड ब्याण्डले हिपप रक प्यार्टनका गितहरु पस्कने छन्। बजारमा व्याण्डका ‘भावना, हजार जन्म, ‘धुन’ गितहरु हिट रहेका छन् ।
स्थानिय व्यावसायीहरूको सुरक्षाको सुनिश्चितता गर्दै, “आगो निभाउने उपकरण fire extinguisher refilling)” र उर्लाबारी बजारको सौन्दर्यकरणमा महोत्सवबाट प्राप्त आम्दानी खर्च गर्ने उदेश्यका साथ आयोजना गरीको महोत्सवले
स्थानिय व्यापार र व्यावसायलाई प्रोत्साहन गर्नका लागि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा संघले जनाएको छ । महोत्सव उर्लाबारी–४ स्थित नगरपालिकाको कार्यालयसँगै रहेको दक्षिणपट्टि खाली जग्गामा आयोजना हुनेछ ।
यस महोत्सवमा विभिन्न आकर्षक स्टलहरू र प्रदर्शनीहरू रहेका छन्, जसमा विशेष गरी आदिवासी फूड स्टल, अटोमोबाइल स्टल, दैनिक उपभोग्य वस्तु र सेवाहरू, हस्तकलाका उत्पादनहरू, साना तथा घरेलु उत्पादनहरू, गार्मेन्ट, शैक्षिक तथा वित्तीय संस्थाहरू, होटल र रेष्टुरेन्ट, अटोमोबाइल, फुटवेयर, निर्माण सामग्री, इलेक्ट्रोनिक्स, फर्निचर र फर्निसिङ सामाग्रीहरू, जडिबुटी र औषधीजन्य वस्तुहरू, सांस्कृतिक प्रदर्शनी, र बाल उद्यान तथा मनोरञ्जनात्मक खेल तमासाहरु रहेका छन् ।
महोत्सवमा १० दिनको अवधिमा ३ लाख भन्दा बढी दर्शकहरूको सहभागिता र करिब १५ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ । यस महोत्सवमा १ सय ३५ भन्दा बढी व्यापारिक स्टलहरू बाट अनुमानित १५ करोडको आर्थिक कारोबार गरिने लक्ष्य लिएको उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरेङले बताउनुभयो ।
सिरेङले भन्नुभयोे–“महोत्सवको मुख्य उद्देश्य स्थानीय व्यापारीहरुको सुरक्षार्थ आयोजना गर्न लागिएको हो, महोत्सवबाट प्राप्त आम्दानीले उर्लाबारीमा रहेका व्यावसायीको पसलमा रहेको “आगो निभाउने उपकरण fire extinguisher refilling)” गरी आगलागीबाट हुने क्षति न्युनिकरण गर्न विशेष पहल साथै स्थानिय अर्थतन्त्रलाई सशक्त बनाउने र व्यावसायिक क्षेत्रको समृद्धिमा योगदान पुर्याउने विश्वास लिएको छु ।”
फागुन १५ देखी १० दिन सम्म संचालन हुने महोत्सव भव्य रुपमा सम्पन्न गर्ने जमर्को गरिरहेको संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय