उर्लाबारी । आसन्न चैत्र ५ गते हुन लागिरहेको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचनमा विद्यार्थी संगठनहरुले आ–आफ्‌नो उम्मेदवारी दर्ता गरेका छन् ।
सोही अर्न्तगत चैत्र–५ को निर्वाचनका लागि उर्लाबारी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्यानल घोषणा गरी उम्मेदवार तयार गरेको छ ।
आज कोशी प्रदेश सह–महामन्त्री खड्ग फागोको प्रमुख आथिथ्यतामा नेविसंघले आफ्‌नो सम्पर्क कार्यालयको उद्घाटन र उम्मेदवारी घोषणा गरेको हो ।

अघिल्लो निर्वाचन नेविसंघले अन्य संगठनलाई क्लिन स्विप गर्दै विबेक कार्की नेतृत्वको प्यानल नै विजयी बनेको उर्लाबारी क्याम्पसमा यस पटक नेविसंघले मोरङ जिल्ला उपसभापति पोषण जंग आचार्यको नेतृत्वमा ११ सदस्यि प्यानल घोषणा गरेको छ ।
स्ववियु निर्वाचनका लागि सभापतिमा पोषणजंग आर्चाय, सचिव सन्दिप बुढाथोकी, कोषाध्यक्ष दिपेश जैसवाल र सदस्यहरुमा दिप बानिया, कौशल तिवारी, विजय खड्का, यमुना भण्डारी, प्रियङका राई, उमेश कार्की, मिङमा तामाङ र मिमंसा न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् ।
उम्मेदवारी घोषणा कार्यक्रमका प्रमुख अथिती फागोले विद्यार्थीहरुलाई सम्वोधन गर्दै अघिल्लो निर्वाचनबाट निर्वाचित कार्कीको टिमले विद्यार्थीको हकहितका लागि गर्दै आएका अपुरा कार्यहरु पुरा गर्न आचार्य नेतृत्वको टिम सक्षम भएकाले आर्चायको प्यानललाई मत दिई विजयी गराउन अपिल गर्नुभयो ।
कार्यक्रममा, नेपाली कांग्रेस नगर सभापति सुरेन्द्र लिम्वु, जिल्ला सदस्य वीरबल थापा, महाधिवेसन प्रतिनिधी गोमा नेपाल, कुमार कडेल (वडाध्यक्ष–२), बानु सुव्वा, वडा नम्वर–४ का अध्यक्ष कल्याण कुमार राई, वडा–४ का सभापति प्रेम याख्खा लागाएत नेताहरुको उपस्थिती रहेको थियो ।
आचार्यलाई अघि बढाएर यसपटकको स्ववियु निर्वाचनमा नेवि संघले आफ्नो जित सुनिश्चित गर्ने नेपाली कांग्रेस उर्लाबारीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय