काठमान्डौ । भारतको मध्य प्रदेश राज्यको राजगढ जिल्लामा गोजीमा बोकेको मोवाईल पड्किदा एक पुरुषको अण्डकोष नै फुटेको छ ।
सारंगपुर निवासी सडक किनारमा पानीपुरी बेच्दै गुजारा गर्दै आएका १९ वर्षीय अरविन्दको गोजीमा बोकेको मोवाईल पड्किदा गम्भिर घाईते भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
मंगलबार तरकारी किनेर मोटरसाईकलबाट गाउँ फर्किंदै गर्दा बाटोमै उनको मोबाइल पड्किदा मोटरसाइकलमा सवार उनी विस्फोट भएपछि अनियन्त्रित भएर लडेका थिए ।
गम्भीर घाइते अवस्थामा उनलाई उद्धार गरी स्थानीयले सारंगपुरस्थित अस्पताल पुर्‍याईएको थियो । प्राथमिक उपचारपछि उनलाई शाजापुरमा रेफर गरियो । उनको अण्डकोष फुट्नका साथै मोटरसाइकलबाट लडेर टाउकोमा चोटसमेत लागेको छ ।
अरविन्दकै दाजुका अनुसार अरविन्दले हालै एउटा पुरानो मोबाइल किनेका थिए । रातभर मोबाइल चार्ज गरेका उनले बिहानै तरकारी किन्न जाँदा मोबाइल खल्तीमा बोकेका थिए । तरकारी किनेर फर्किने बेला अचानक मोबाइल पड्किएर दुर्घटना भएको उनका दाजुको भनाइ छ ।
अरविन्दको उपचारमा संलग्न चिकित्सक डा. नयन नागरका अनुसार अण्डकोष फुटे पनि कुनै गम्भीर खतरा देखिएको छैन । प्राथमिक उपचारपछि थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रेफर गरिएको डा. नागरले बताए ।
विशेषज्ञका अनुसार मोबाइल पुरानो भएसँगै ब्याट्रीको क्षमता पनि घट्छ । यस्तो अवस्थामा कतिपयले ब्याटी फेर्दा सस्तो खोज्ने र नक्कली कम्पनीको उत्पादन प्रयोग गर्ने गर्दछन्, जसले गर्दा यस्ता दुर्घटना निम्तिन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय