
उर्लाबारी
नेकपा एमालेको दोस्रो नगर अधिवेशनबाट अध्यक्ष पदमा उर्लाबारी–७ का निरोज तिम्सिना निर्वाचित भएका छन्।
बुधबार उर्लाबारी–५ स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा सम्पन्न निर्वाचनबाट तिम्सिनाले ९० मत प्राप्त गर्दै विजयी भएका हुन्। सोहि पदमा गोपाल रिमालले ५८ र सुरेन्द्र शेर्माले ५१ मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्ष पदमा उर्लाबारी -६ का सुरेश शाक्य १ सय ४४ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्दी योगराज लाबुङले ५३ मत प्राप्त गरे। सचिव पदमा चेतन सिग्देलले १ सय ४२ मत प्राप्त गरि विजयी भएका छन् । उनका प्रतिस्पर्धी सुनिल धिमालले ३६ र इन्द्रबहादुर भट्टराईले २० मत प्राप्त गरेका छन् । उपसचिव पदमा नितम चौहान १ सय २१ मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी भिम श्रेष्ठले ७५ मत ल्याए।
दोस्रो अधिवेशनको लागि उर्लाबारीका ९ वटै वडाबाट चुनिएका कुल २ सय ४ जना प्रतिनिधिमध्ये २ सय २ जनाले मतदान गरेका थिए।
बुधबार अबेरसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएतापनि सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको हो। बाँकी पदहरूमा भने सर्वसम्मत रुपमा टुंगो लगाइएको निर्वाचन समिती संयोजक भिष्मा रेग्मीले बताईन् ।