
सुन्दरहरैँचा
मोरङको सुन्दरहरैँचा–१ हरैँचा बजारमा शुक्रबार बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ।
विराटनगरतर्फ जाँदै गरेको ना १ क ६२७० नम्बरको टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुहबी–९ का ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै ज्यान गएको हो।




दुर्घटनापछि आक्रोशित भीडले शव सडकमा राखेर प्रदर्शन गरिरहेका छन्। टिपर जलाउने प्रयाससमेत भएको छ।
घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। चालक पवन योन्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रदर्शनकारीले मृतकलाई क्षतिपूर्ति, चालकलाई कारबाही र टिपर दादागिरी रोक्न माग गरिरहेका छन्।