उर्लाबारी । मोरङको उर्लाबारी स्थित वडा नम्वर १ मा रहेको लण्डन ब्रिज यतिबेला आगन्तुकहरुले भरिने गरेको छ ।
उर्लाबारी वडा नम्वर १ को पिपलडागी र लक्ष्मीझार कान्छी चौक क्षेत्रलाई जोड्न बक्राखोलामा बनेको आर्कषक झोलुङगे पुल “लण्डन ब्रिज” सामाजिक संजाल फेसबुक र टिकटकमा भाइरल भए सगै सो पुलमा फोटो खिच्ने र टिकटक बनाउन जानेहरुको भिड लाग्ने गरेको छ ।
उर्लाबारी किसान चौक देखी लगभग ५ किलोमिटर उत्तरपुर्वको लक्ष्मीझार कान्छीचौक पुगेपछि पुर्वसाईडमा “लण्डन ब्रिज” रहेको छ । जसको अर्कषक बनावटले नै यो पुल हेर्न र पुल बाट बक्रा खोलाको फाटीलो दृश्य हेर्न यतिबेला मानिसहरु त्यहा पुग्ने गरेका छन् ।
यति बेला “लण्डन ब्रिज” मा उर्लाबारीका मात्रै नभएर उर्लाबारी आसपासका मिक्लाजुङ गाउपालिका, दमक नगरपालिका, पथरीशनिश्चरे नगरपालिका र लेटाङ नगरपालिकाका मानिसहरु पनि “लण्डन ब्रिज” को सौर्दयता हेर्न आउने गरेका छन् ।
“लण्डन ब्रिज” छोटो समयमै आन्तरिक आगन्तुकहरुका लागि मनोरञ्जन लिने स्थान बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय