राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उर्लाबारीको नगर अधिवेशनको माहौलले नेता तथा कार्यकर्तामा उत्साह थपिएको छ। शनिबार हुने अधिवेशनका लागि नगर समितीमा सक्रिय रूपमा योगदान दिन इच्छुक युवा नेताहरू तयारीमा जुटिरहेका छन्।

यसैबिच उर्लाबारी-२ डुम्रे निवासी २९ वर्षीय खेम गौतम नगर समितीको अध्यक्ष पदका लागि बलियो दाबेदारका रूपमा अघि सरेका छन्।

वि.सं. २०६५ सालदेखि राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनमार्फत सकृय राजनीति थालेका गौतमले वि.सं. २०६६ सालमा रा.प्र.वि.स. उर्लाबारी बहुमुखी क्याम्पस इकाई अध्यक्षका रूपमा संगठनलाई मजबुत बनाउँदै आएका छन्। हाल उनी पार्टीको उर्लाबारी नगर कमिटीको सचिवका रूपमा कार्यरत छन् । उर्लाबारीमा उनले प्रभावशाली युवा नेताको छवि बनाएका छन्।

पछिल्लो समय राजनीतिप्रति सर्वसाधारणको विश्वास केही खस्किएको सन्दर्भमा गौतम युवाले नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकतामा जोड दिन्छन्। उनी भन्छन्, “नेताहरूले केही गरेनन् भन्नको सट्टा आफु नेतृत्वमा गएर सकारात्मक परिवर्तन ल्याउनु आजको आवश्यकता हो।”

गौतमले पार्टी शुद्धीकरण, युवाहरूको प्रभावकारी भूमिका स्थापित गर्ने तथा उर्लाबारीको समृद्धिका लागि स्पष्ट रोडम्याप तयार पार्ने लक्ष्य राख्दै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

सरल जिवनशैलीका ,शालीन र न्यायप्रेमी युवा नेताका रूपमा परिचित गौतम राजनीतिक गतिविधिसँगै विभिन्न सामाजिक संघसंस्थामा पनि सक्रिय छन्।

पार्टी र भातृ संगठनका कार्यमा निस्वार्थ भावना राखी समर्पित गौतमलाई यसपटक अध्यक्षमा सर्वसम्मत गराउनुपर्ने पार्टीका अगुवाहरु बताउछन् ।

नगर समितीको अधिवेशनका लागी आज साँझ ५ बजेसम्म समय उम्मेद्वारी मनोनयनको समय रहेको निर्वाचन समितीले जनाएको छ । शनिबार विहान १० बजे उर्लाबारस्थित पूर्वाञ्चल बौद्ध गुम्बाको सभाहलमा नगर अधिवेशन उद्घाटन कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय