विराटनगर । कोशी प्रदेशकै ठूलो र ऐतिहासिक त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आङ्गिक संस्था महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा अनौठो दृश्य देखिएको छ । क्याम्पसका सूचना अधिकारी राजेश कुमार यादवको कार्यकक्षमा एक कुकुर सुतिरहेको अवस्थामा फेला परेको हो ।
शैक्षिक संस्था भित्र प्रशासनिक कक्षजस्तो संवेदनशील ठाउँमा कुकुर पुग्नु र सुत्नु सामान्य विषय होइन। यस घटनाले क्याम्पसको भौतिक सुरक्षा, सरसफाइ तथा प्रशासनिक निगरानीप्रति गम्भीर प्रश्न उठाएको सोहि क्याम्पसमा अध्यन्ररत बिध्यर्थी योगराज  दहाल (आशिस) ले बताएका छन ।
साथै उनले फेसबुकमा फोटो सार्बजनिक गर्दै , अभिभावक तथा सर्वसाधारणले यस्तो दृश्यले क्याम्पसको गरिमा र विश्वसनीयता खल्बल्याएको  टिप्पणी गरेका छन ।
विभिन्न सामाजिक सञ्जालमा उक्त दृश्यको तस्बिर सार्वजनिक भएपछि विषय झनै चर्चामा आएको हो । सूचना अधिकारी यादव घटना भएको समयमा कार्यकक्षमा उपस्थित थिएनन् भन्ने बुझिएको छ, तर कार्यकक्षमा कुकुर सुतिरहेको विषयमा क्याम्पस प्रशासन मौन देखिएको छ । यस विषयमा अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय