पथरी
पथरीशनिश्चरे २ नम्बर वडा कार्यालयले वडामा दर्ता भएका टोल बिकाश समितीहरुलाई विभिन्न सामाग्री वितरण गरेको छ । विहिवार वडा कार्यालयमा आयोजित कार्याक्रममा किसानलाई आवश्यक मकै रोप्ने मेसिन र हलो साथै कुर्सी टेवल वितरण गरिएको हो ।

वडा वासीको आवश्यकताका आधारमा कालापानी कसेनी टोल समितीलाई मकै रोप्ने मेसिन साथै हलो वितरण गरिएको हो भने शान्ति टोल र हस्पिटललाईन टोल बिकाश समितीलाई १ थान टेबल र २६ थान कुर्सी वितरण गरिएको छ। टोल विकास समितीका अध्यक्षहरुले वडाले दिएको कुर्सी टोलमा भएको अप्ठारो सजिलोमा प्रयोग गरिने बताए।