पथरी । मोरङको पथरीशनिश्चरेमा प्रथम कञ्चनजंघा क्रिकेट टि–२० प्रतियोगिता सुरु भएको छ ।
कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समूहको आयोजनामा सुरु भएको टी –२० फर्म्याटको प्रतियोगितामा झापा, मोरङ र सुनसरी जिल्लाका १६ वटा क्रिकेट टोली सहभागी रहेको आयोजकका अध्यक्ष सागर थापाले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन पथरीशनिश्चरे नगरपालिकाको उप–प्रमुख देविमाया काफ्लेले ब्याड वितरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
उद्घाटन खेल आयोजक डाँस मोरङ्गी क्रिकेट टिम र इस्टर्न बुलेट क्रिकेट टिम दुहवी बीच भइरहेको छ । खेल वडा नं. १० मा अवस्थित जिरिखिम्ती खेल मैदानमा संचालन भईरहेको आयोजकले जनाएको छ ।
उद्घाटन कार्यक्रममा वडा नं. १० का वडा सदस्यहरु दिलबहादुर कार्की, वीरबहादुर बस्नेत, समाजसेवी मदन पोख्रेल, डाँस मोरङ्गी सामुदायिक वनका अध्यक्ष हरि निरौला, स्थानीय समाजसेवी खेलप्रेमी महानुभावहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको बिजेता टोलीलाई नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी प्रदान गरिनेछ भने उपबिजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर, उदयमान खेलाडी तथा सर्वश्रेष्ठ खेलाडीलाई पनि नगदसहित ट्रफीबाट पुरस्कृत गरिने आयोजकका सचिव प्रेम केडी भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय