सुनबर्सी । नेपाल प्रहरीले मोरङको बक्रा खोला किनारबाट ३ सय केजी गाजा बरामद गरेको छ ।
प्रहरीले मोरङको सुनबर्सी नगरपालिका–७ बक्रा खोला किनारबाट बुधबार विहान करिव ३ बजेतिर उक्त परिमाणको गाजा बराबद गरेको हो ।
गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी सिक्टी, बरडंगा र झपडतलबाट पुगेको टोलीले ७ बोरामा राखिएको ३०० किलो गाँजा बरामद गरेको मोरङ प्रहरी प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए ।
प्रहरी देखेपछि कारोबारी भने भागेका थिए । भागेकाहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय