सिमानाकाबाट ब्राउन सुगरसहित ९ जना पक्राउ
धरान । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित ९ जना पक्राउ परेका छन्।
शुक्रबार राति लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त टोलीले भारतको बिरपुर बजारबाट शंकास्पद रुपमा नेपालतर्फ आउँदै गरेका व्यक्तिहरूलाई चेकजाँच गर्दा उनीहरूको साथबाट ब्राउन सुगर फेला पारेको हो ।
सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार पक्राउ पर्नेमा विभिन्न पालिकाका ९ जना रहेका छन्। उनीहरूको साथबाट जम्मा २२.८१ ग्राम ब्राउन सुगर बरामद गरिएको छ ।
पक्राउ परेकाहरू र बरामद लागू औषध विवरण यसप्रकार छ




ईटहरी उपमहानगरपालिका–५ का अजय चौधरी – २.४७ ग्राम
कोशी गाउँपालिका–१ का हिमाल कुमार मण्डल र करण कुमार मण्डल – ३.२४ ग्राम
कोशी गाउँपालिका–२ का दयानन्द कुमार यादव – १.४० ग्राम
धरान उपमहानगरपालिका–१७ का विवेक विश्वकर्मा – २.१५ ग्राम
स्कुटरमा भारतबाट नेपाल आउँदै गरेका धरान–१७ का संगम राई र धरान–१९ का सिमसन राई – २.२३ ग्राम
बराहक्षेत्र नगरपालिका–७ का कौशल कालिकोटे – ६.५३ ग्राम
सोही स्कुटरमा सवार याकुव राई – ४.७९ ग्राम
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको डिएसपी योगराज खतिवडाले जानकारी दिएका छन्।