
झापा । लागुऔषध ब्राउन सगुर सहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बुट्टाबारी स्थित देवराज भारतीको घरमा डेरा गरी बस्ने २५ बर्षीया आइसा गिरी रहेकी प्रहरीले जनाएको छ ।
मंगलबार बेलुका अस्थाई प्रहरी चौकी सालबारीको प्रहरी टोलीले गिरीलाई लागुऔषध ब्राउन सुगर १ ग्राम सहित कोठैबाट पक्राउ गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेकी गिरीको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



