पथरी, मोरङ । मोरङको पथरी–११ फुटबल क्लबको आयोजनामा दोस्रो संस्करणको पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता कार्तिक १५ देखी २२ सम्म हुने भएको छ ।
क्लबका अध्यक्ष सुमन बिकले बिहीबार प्रतियोगिता कार्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने जानकारी दिएका हुन ्। प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका दुई क्लबसहित भारतको एक र अन्य पाँच गरी जम्मा आठ टोलीको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ७५ हजार रुपैयाँ पाउने छन्। विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा उदयमान खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको अनुमानित लागत ६० लाख रुपैयाँ रहेको छ। पहिलो संस्करणमा ब्रिगेड ब्वाइज क्लबले संकटा क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो। सो संस्करणमा क्रमशः ३ लाख र २ लाख रुपैयाँ पुरस्कार राशि रहेको थियो ।
पत्रकार सम्मेलनमा पथरीशनिश्चरे नगर खेलकुद विकास समितिका अध्यक्ष दीपक राई, स्थानीय समाजसेवी प्रदीपकुमार राई, गोल्डकप प्रतियोगिता खेल संयोजक जितेन राई, कोषाध्यक्ष अम्बिका लिम्बू, फुटबल टिमका कोच अर्जुन बस्नेत, खेल प्रेमि भिष्म न्यौपाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम पथरी—११ फुटबल क्लवका सचिव केशर राईले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय