उर्लाबारी । यतिबेला प्रदेश र प्रतिनिधिसभामा उम्मेद्वार बन्न चाहने नेताहरुको चहल पहल बढेको छ । कार्यकर्ता भेटघाट होस वा माथिल्लो तहका नेताहरुसँग उनिहरुको भेटघाट बाक्लिएको छ ।
यसैक्रममा मोरङ क्षेत्र नं १ (क) बाट नेपाली कांग्रेसका नेता अर्जुन तुम्रोकले पनि प्रदेश सांसदको उम्मेद्वार बन्ने आकांक्षा राखेका छन् । नेपाली कांग्रेस प्रदेश नं– १ का सदस्य तुम्रोकले आफुलाई पार्टीले योग्य ठानेर उम्मेद्वार बनाएको खण्डमा जित्ने दाबी गर्दै आकांक्षा व्यक्त गरेका हुन ।
प्रदेश सांसदमा जितेपछि आफुले पाउने सेवा सुविधा पनि जनहितमा प्रयोग गर्ने बताउदै तुम्रोकले भ्रष्टचारमुक्त समाज निर्माणमा सशक्त रुपमा आफुले भूमिका निर्वाह गर्ने उनको भनाई छ ।
सहयोगी भावनाका तुम्रोक सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन्छ । जहाँ समस्या पर्छ, त्यहाँ तुम्रोकले सहयोग गर्दै आएका छन् । तुम्रोक उर्लाबारीमा विविध कारणले चर्चामा आइरहने व्यक्ति पनि हुन । सामाजिक कार्यहरुमा उनको सक्रियता विगत लामो समयदेखी रहदै आएको छ । अशक्त, दिनदुःखीको मद्दतमा अग्रसर रहँदै आएका तुम्रोक स्पष्ट वक्ताको रुपमा पनि चिनिन्छन् ।
२०७० सालमा फोरमको समानुपातिकतर्फका सांसद पदका उम्मेदवार बनेका तुम्रोक । कांग्रेसभित्र उनी गच्छदार समूहको मुख्य सदस्यको रुपमा समेत लिने गरिएको छ ।
अर्जुन तुम्रोक २०५६ सालदेखि कांग्रेसमा लागेका थिए । २०६० सालमा शेरबहादुर देउवाले पार्टी फुटाएपछि उनि कांग्रेस प्रजातान्त्रिकमा समेत केही समय रहेका थिए । पछि पार्टी एकीकरण भएपनि पार्टीभित्र सशक्त रुपमा उदाउन सकेका छैन् ।
प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते हुने भएको छ । सत्ता गठबन्धन दलहरुबीच मंसिर ४ गतेका लागि सहमति भइसकेको छ । अब मन्त्रीपरिषद्को बैठकबाट मितितय गर्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय