
उर्लाबारी । आगामी मिति २०८२ कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने दोस्रो पथरीशनिश्चरे गोल्डकपको तयारीका क्रममा विभिन्न संस्थासँग छलफल भइरहेको छ। सोही सिलसिलामा पहिलो गोल्डकपमा हस्पिटल पार्टनरको रूपमा साथ दिएको अरनिको हस्पिटल प्रा.लि. उर्लाबारीलाई प्रस्ताव हस्तान्तरण गरिएको छ।
आज क्लबका पदाधिकारीहरूले हस्पिटलका अध्यक्ष लोलिम पोमु लिम्बुलाई औपचारिक रूपमा प्रपोजल प्रदान गरेका हुन्। कार्यक्रममा अध्यक्ष लिम्बुले यसपटकको गोल्डकपलाई पनि सव्य र भव्य रूपमा सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



