उर्लाबारी, ७ असोज । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण आगजनी र तोडफोडको चपेटामा परेर ध्वस्त बनेका स्थानियतहका कार्यालयहरु भरखभरख जुरमुराउन खोज्दैछन् ।
कार्यालय सगै स्थानियतहमा प्रयोग हुदै आएको भुक्तानीको डिजीटल प्रणाली ‘सुत्र’ सिस्टम डाउन हुदा हुँदा दशैको मुखैमा स्थानियतहबाट भुक्तानी लिदै आएका पूर्वी नेपालका शिक्षक, कर्मचारी तथा निर्माण व्यवसायी दशैको मुखमा रित्तै हात हुने सम्भावना देखिएको छ ।
‘सुत्र’ प्रणालीमार्फत प्रत्येक तीन महिनामा भुक्तानी लिँदै आएका शिक्षक र कर्मचारीको तलब यस पटक दशै आगवै आउने सम्भावना न्युन रहेको पालिकाका लेखापालहरु बताउछन् ।
सूचना सुत्रका अनुसार असोज १० गतेदेखि ‘सुत्र’ सिस्टम सहज रूपमा चल्ने भनिए पनि असोज ११ गते शनिवार विदा र असोज १२ गते आईतबार एक दिन समय समय रहेका कारण भुत्तानी पाए पनि सहज नहुने उनिहरु बताउछन् ।
यस कारण धेरै स्थानीय तहमा सेवा सुविधा पाउने तल्लो दर्जाका कर्मचारीदेखी उपल्लो दर्जाका कर्मचारी, शिक्षक र निर्माण व्यवसायीलाई ठूलो समस्या परेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय