उर्लाबारी । मोरङको उर्लाबारी-३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको नवनिर्मित ओपिडी भवनमा अनिमितता भएको भन्दै स्थानियले विरोध गरेका छन् ।
ओपिडी भवन निर्माणको जिम्मा पाएको उपभोक्ता समितीले भवन निर्माणका नाममा आर्थिक चलखेल गरेको स्थानियले आरोप लगाएका छन् ।
भवन निर्माणका लागि अस्पतालले स्थानिय कमल नारायण मल्लिकको संयोजकत्वमा २०७९ जेष्ठ ९ गतेको निणर्य अनुसार भवन निर्माणको जिम्मा दिएको थियो ।
प्रदेश-१ सरकारबाट विनियोजित एच.डी.यु. र अक्सिजन प्लान्टको लागि विनियोजित भएको १ करोड ५० लाख रकम मध्ये ७५ लाख रुपैया ओपिडी भवन निर्माण, फर्निचर र मेसिनरी औजार उपकरण खरिद गर्नका लागि रकमान्तर गरी अस्पतालले मल्लिकको संयोजकत्वमा समिती निर्माण गरी भवन निर्माणको काम अगाडी बढाएको थियो ।
समितीले भवनको समपुणर् कार्य सम्पन्न गरी आज अस्पताल संचालक समितीलाई भवनको चावी बुझाएको हो । सोही क्रममा मंगलबारे युवा क्वलका अध्यक्ष पिपल गिरीे, स्थानिय टंकनाथ दहाल, राम तिम्सीना लगाएतले भवन निर्माणमा अनिमितताको गन्ध आएको भन्दै प्राविधिक स्टिमिट हेर्न माग गरेका थिए । तर उनीहरुको त्यो मागलाई थाती राख्दै अस्पताल संचालक समितीले भवनको चावी बुझेको छ ।
एस.वाई प्यानलको प्रयोग गरी बनाइएको नवनिर्मीत भवनमा ८ वटा ओपिडी रुम र २ वटा शौचालय रहेका छन्
भवन निर्माण समितीले अस्पताल संचालक समितीलाई चावी बुझाउदै पेश गरेको आय-व्याय विवरण यस्तो छः
जम्मा समझौता रकमः ६२ लाख १३ हजार १ सय ५७ रुपैया ०३ पैसा
नापी किताव अनुसारको रकमः ६१ लाख ८५ हजार ३ सय ४
जम्मा करकट्टी रकमः ९२ हजार ७ सय ८०
समितीले भुत्तानी प्राप्त गरेकोः ६० लाख ९२ हजार ५ सय २४ रुपैया
खर्च विवरणः
देवेन सप्लायर्सबाट सामान खरिद विल भर्पाईः ४७ लाख २२ हजार ७ सय ९९
निर्माण सामाग्री ढुवानी खर्चः १ लाख
ढंगा, गिटी, बालुवा, पुराई खर्चः २ लाख ९९ हजार
मिस्त्री खर्चः १० लाख ७५ हजार १ सय ६० रुपैया ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय