काठमाडौं , १७ मसिर । चर्चित नायीका प्रेङका कार्की अभिनित “तिम्रै हुँ म”बोलको गीतले श्रोता तथा दर्शकको मन जित्न सफल भएको छ । गीत सार्वजनिक भएको छोटो समयमै दर्शकको मन मुटुमा बस्न सफल भएको छ । गायक तथा संगीतकार प्रकाश रेग्मीको संगित रहेको गीतमा नरेश रेग्मीको स्वर रहेको छ । एनआर क्रेशनले बजारमा ल्याएको गीत “तिम्रै हुँ म” को सफलता पछि गायक तथा संगितकार द्वय रेग्मी उत्साहित भएका छन् । म सास बन्न पाए तिम्रो मुटु सम्म पुग्थे बोलको गीतको अपार सफलता पछि गायक रेग्मीले हरेक वर्ष नयाँ गीत बजारमा ल्याउँदै आएका छन् । गत वर्ष मात्र नरेश रेग्मीले निकालेको “धर्ती र जूनको कहानी” गीतबाट रेग्मी र अन्जु पन्तले युगल गायनको अवार्ड समेत हात पारेका छन् । “तिम्रै हुँ म” बोलको गीतका गीतकार भने वामदेव रेग्मी रहेका छन् । उक्त गीतको म्यूजिक भिडियोमा मौसम हिमालले निर्देशन गरेका छन् । गीत नयाँ युवा पुस्ताको प्रेम कहानी संग मेल खाने भएकोले युवा पुस्ताको मन मुटुमा बस्न सफल भएको गाएक रेग्मीको भनाई छ । गायक रेग्मीले दर्जनौ गीतमा स्वर तथा म्युजिक भिडियोमा अभिनय गरीसकेका छन् ।








