
सुनवर्षी । मोरङको सुनवर्षी नगरपालिका गणेश राईले ‘ड्राइगन फ्रुट’ खेतीबाट हरेक छिमलमा लाखौ आम्दानी गर्दै आएका छन् ।
स्वदेशमै कृषि कर्म गरेर सफल र उदाहरणीय बन्न सकिन्छ भन्ने सोच भएका राईले सुनवर्सी नगरपालिका- १ मा मोरङ जिल्लाकै ठुलो ड्राइगन फ्रुट खेती लगाएका छन् ।
करिव ३ विगाह क्षेत्रफलमा फैलिएको उनको ‘ड्राइगन फ्रुट’ खेतिबाट एक छिमलमा उनले ८ सय देखी १ हजार किलो सम्म उत्पादन गर्ने गरेका छन् ।
राईको काम प्रतिको लगाव, काम गर्ने जोस, जाँगर, इच्छा र परिवारको सहयोगले उनी यस खेतिप्रति आर्कषित मात्रै भएनन् मोरङ जिल्लामै सफल ‘ड्राइगन फ्रुट’ व्यावसायीका रुपमा समेत उनि चिनिएका छन् ।
२०७७ सालमा १ करोड ३० लाख लगानी गरी व्यावसाय सुरु गरी २०७८ देखी तुर्छा ड्राइगन फ्रुट तथा बहुदेश्य कृषि फर्म खोलेर ‘ड्राइगन फ्रुट’ खेतिमा होमिएका राईले करिब १४ महिनाको अवधिमा ८ पटक उत्पादन गरी विक्री गरीसकेका छन् । ८ औ पटकको उत्पादन सम्म आइपुग्दा राईले आफ्नो लगानी उठाएर नाफाको बाटोमा व्यावसाय लागेको बताए । हाल उनको फर्ममा ८ जनाले रोजगारी समेत पाएका छन् ।
विगत लामो सयदेखी निर्माण व्यावसायिका रुपमा काम गर्दै आएका राई कोरोना संक्रमणका कारण निर्माण व्यावसाय ठप्प भएपछि उनले सामाजिक संजाल युटुव मार्फत ‘ड्राइगन फ्रुट’ खेतीका बारेमा हेरेर भारतको हरियाणा “सि” प्रजातीको बाट विरुवा ल्याइ यस खेतिमा लागि परेको बाताउछन् ।
राईले आफ्नो फर्ममा ‘ड्राइगन फ्रुट’ मात्र उत्पादन र विक्री गर्दैनन्, उनले फर्मबाट ‘ड्राइगन फ्रुट’ का विरुवा समेत उत्पादन गर्ने गरेका छन् । हाल राईको फर्ममा २८ हजार भन्दा बढी ‘ड्राइगन फ्रुट’ का विरुवाहरु रहेको र १४ महिनाको हाराहारीमा सोही बराबरको विरुवा बेचेको उनले बताए ।
राई भन्छन्-“बजारमा फल र विरुवा दुवैको राम्रो माग छ, फर्मबाट उत्पादन भएका फल र विरुवा बेच्न समस्या छैन्।”
फूल फुलेको ४५ दिनमा फल टिप्न तयार हुने भएका कारण पनि छोटो समयमै यसले आम्दानी दिने गर्दछ जसको बजार मुल्य हाल प्रतिकेजी ६ देखी ७ सय रुपैया सम्म पर्दछ । भने यसको विरुवा प्रतिगोटा ३ देखी ३ सय ५० रुपैया सम्ममा बिक्री हुने गरेको राईले बताए ।
दक्षिण अमेरिकाको मेक्सीकोमा उत्पत्ती भएको यो फल दक्षिण पूर्वी एशियाका देशहरु भियतनाम फिलिपीन्स थाईल्याड लगायतको देश हुदै २०५७ सालमा नेपालमा भित्रिएको भएता पनि यसको व्यावसायिक खेती सुरु भएको भने धेरै भएको छैन् ।
नेपालको लागि नौलो फलको रुपमा रहेको यो ‘ड्राइगन फ्रुट’ को खेती खासगरी काभ्रे, सुनसरी रुपन्देही, गोरखा, झापा, धनकुटा, दाङ लगायत धेरै जिल्लाहरुमा गर्दै आईएको छ । भने पछिल्लो समय राईले मोरङ जिल्लामै ठुलो लगानीमा यसको खेती गर्दै आएका हुन् ।
गर्मी ठाँउमा खेती गर्न सकिने यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ । यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको विज्ञहरु बताउछन् । जस्तोसुकै माटोमा खेती गर्न सकिने यस फललार्ई गमला, छत तथा करेसामा पनि लगाउन सकिन्छ
यो फल मीठो मात्र छैन, औषधीय गुणले भरिपूणर् पनि छ । यो फल खाएपछि कब्जियतको दोष ठीक पार्छ । यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिने राईले बताए । त्यसका लागि अध्ययन गरिरहेको समेत उनको भनाई छ
फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ । जो जेठदेखि असोज/कात्तिकसम्म फुलिरहन्छ र फलिरहन्छ । फूल फुलेको ४/५ दिनपछि फूलका पात सुकिसक्छन । सुकेको फूलको स्पेसल चिया पनि बन्ने गरेको पाईन्छ ।
नेपालमा हाल ‘ड्राइगन फ्रुट’ खेतिको लोकप्रियाता बढ्दै सगै हाल बजारमा नेपालमै उत्पादन भएका ‘ड्राइगन फ्रुट’ हरु किन्न र खान पाईन्छ । जसका कारण यस फलको आयतका लागि हरेक वर्ष नेपालबाट करडौ रकम विदेशिन बाट जोगिने देखीन्छ ।
तसर्थ सरकारले कृषिमा सम्भावना खोज्नेहरूलाई उत्पादित बस्तुको विक्रिवितरण र यस फलबाट बैकल्पीक रुपमा तयार पार्न सकिने अन्य उत्पादन लाई बजारीकरण, व्यावस्थापनमा सहयोग गर्ने हो भने सानोतिनो जागिरका लागि युवा खाडीमा पुगेर दुःख गर्नै नपर्ने देखिन्छ ।



