उर्लाबारी, १ जेठ । मोरङको उर्लाबारीमा होटल म्यानेजमेन्ट तथा हस्पिटालिटी क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि आधुनिक पूर्वाधार सहितको इनोभा होटल म्यानेजमेन्ट कलेज सञ्चालनमा आएको छ ।
उर्लाबारी–४, स्कुलडाँडामा स्थापना गरिएको कलेजले एसईई उत्तीर्ण गरी उच्च शिक्षाको खोजीमा रहेका विद्यार्थीलाई लक्षित गर्दै व्यवहारिक तथा सीपमूलक शिक्षा प्रदान गर्ने जनाएको छ ।
कलेजले उर्लाबारी–७ स्थित पशुपति आवासीय माध्यमिक विद्यालयसँग सहकार्य गरी प्लस–२ तह अन्तर्गत डिप्लोमा इन होटल म्यानेजमेन्ट, प्रोफेशनल डिप्लोमा इन होटल म्यानेजमेन्ट, डिप्लोमा इन कुलिनरी आट्र्स तथा होटल म्यानेजमेन्ट डुअल सर्टिफिकेट कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । साथै, विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समेत समावेश गराई समग्र व्यक्तित्व विकासमा जोड दिइने बताइएको छ ।
कलेजका अध्यक्ष रमेश श्रेष्ठका अनुसार परम्परागत सैद्धान्तिक शिक्षाका कारण डिग्री हासिल गरे पनि प्रयोगात्मक ज्ञानको अभावमा बेरोजगारी बढिरहेको अवस्थालाई मध्यनजर गर्दै तीन करोडभन्दा बढी लगानीमा सैद्धान्तिक ज्ञानसँगै सीपमूलक शिक्षा प्रदान गर्ने उद्देश्य सहित विद्यार्थीलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ कलेज स्थापना गरेको बताउनुभयो ।
कलेजका कोअर्डिनेटर गणेश खड्काका अनुसार कलेजले विशेष रूपमा फुड प्रोडक्सन (कुलिनरी) लाई प्राथमिकता दिएको बताउनु भयो । यद्यपी यसबाहेक हस्पिटालिटी व्यवस्थापन, फ्रन्ट अफिस सर्भिस, फ्रन्ट अफिस म्यानेजमेन्ट तथा हाउसकिपिङ, बारिष्ठा जस्ता व्यवस्थापकीय तथा प्राविधिक कोर्सहरू पनि सञ्चालन गरिने उहाले बताउनु भयो ।
यस शैक्षिक सत्रमा १६० विद्यार्थीको कोटा निर्धारण गरेको कलेजले आगामी असार १ गतेदेखि कक्षा सञ्चालन हुने संचालक मनिराज गजमेरले बताउनुभयो।
विद्यार्थीले विदेशमा अथवा स्वदेश जहा सुकै भएपनि कलेजमा अध्ययन पुरा गरिसकेपछि होटल र पर्यटनका क्षेत्रमा स्वरोजगार बन्न सक्ने सञ्चालक आनन्द कार्कीले बताउनुभयो ।
व्यवहारिक सीप र आधुनिक प्रयोगशाला सहितको शिक्षामार्फत उर्लाबारीमै गुणस्तरीय हस्पिटालिटी शिक्षा प्रदान गर्ने लक्ष्यसहित इनोभा होटल म्यानेजमेन्ट कलेज सञ्चालनमा आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय