उर्लाबारी, ५ जेठ । मोरङको उर्लाबारीमा होटल म्यानेजमेन्ट अध्ययन गराउने कलेजहरूको संख्या हरेक वर्ष बढ्दै गएको छ । नयाँ–नयाँ संस्थाहरू सञ्चालनमा आइरहेका छन् । तर प्रतिस्पर्धाको यही भीडबीच गुणस्तर, उत्कृष्ट नतिजा र अनुभवको बलमा अलग पहिचान बनाउन सफल भएको छ कलेज हो “डि इस्टर्न एमपायर कलेज अफ होटल म्यानेजमेन्ट कलेज”
उर्लाबारी नगरपालिका–७ मा अवस्थित यो कलेज उर्लाबारीकै पहिलो होटल म्यानेजमेन्ट अध्यापन गराउने संस्था हो । विसं २०७५ सालमा स्थापना भएको यस कलेजले छोटो अवधिमै कोशी प्रदेशमै अब्बल शैक्षिक संस्थाको रूपमा आफ्नो छवि निर्माण गरिसकेको छ ।
विद्यार्थी र अभिभावकको बलियो भरोसाः
हाल कलेजमा २ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । स्थापना यता ८ सयभन्दा बढी विद्यार्थीले सफलतापूर्वक अध्ययन पूरा गरिसकेका छन्।
कलेजकी प्रिन्सिपल रेजिना विष्टका अनुसार यहाँबाट अध्ययन सम्पन्न गरेका विद्यार्थीहरू विश्वका विभिन्न देशहरूमा उच्च शिक्षा हासिल गर्दै सम्मानजनक रोजगारीमा आबद्ध छन् । धेरै विद्यार्थी स्वदेशमै स्वरोजगार बनेर होटल, क्याफे तथा अन्य व्यवसाय सञ्चालन गर्दै उदाहरणीय सफलता हासिल गरिरहेका छन् ।
झापा, मोरङ, धनकुटा, इलाम र सुनसरीलगायत विभिन्न जिल्लाबाट विद्यार्थीहरू अध्ययनका लागि आउने क्रमले कलेजप्रतिको आकर्षण र विश्वास अझ मजबुत भएको देखिन्छ ।

व्यवहारिक र सीपमूलक शिक्षामा विशेष प्राथमिकताः
कलेजले सैद्धान्तिक शिक्षामा मात्र सीमित नराखी व्यवहारिक तथा सीपमूलक शिक्षालाई केन्द्रमा राखेको छ ।
होटल म्यानेजमेन्टका आधारभूत प्राक्टिकलसँगै बेकरी, बारिस्ता, बारटेन्डिङ, फ्लावर डेकोरेशन, प्राथमिक उपचार तथा व्यक्तित्व विकासजस्ता अतिरिक्त कक्षाहरू नियमित रूपमा सञ्चालन गरिँदै आएका छन् ।
जसले विद्यार्थीहरूलाई दक्ष, आत्मविश्वासी र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाइरहेको छ ।




अध्ययनसँगै विश्वव्यापी अवसरः
कलेज प्रशासनका अनुसार अध्ययनको क्रममा विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय भ्रमणको अवसर, सम्मानजनक पेशामा प्रवेशको मार्गदर्शन, उच्च आम्दानीको सम्भावना र विश्वव्यापी रोजगारीका अवसरहरूबारे जानकारी प्रदान गरिने गरेको विद्यार्थीहरु बताउछन् ।
यस कलेजका पूर्वविद्यार्थीहरू हाल स्टार होटल, रिसोर्ट, रेष्टुरेन्ट, एयरलाइन्स, एयरपोर्ट, ट्राभल एजेन्सी, हस्पिटालिटी क्षेत्र, बैंक तथा विभिन्न बहुराष्ट्रिय कम्पनीहरूमा कार्यरत रहेका धेरै उदाहरण भएको कलेज प्रशासनले जनाएको छ ।

विद्यार्थीमैत्री सेवा र भर्ना खुलाः
विद्यार्थीहरूको सहजताका लागि कलेजले यातायात सुविधा समेत उपलब्ध गराउँदै आएको छ । अनुशासित वातावरण, अनुभवी शिक्षक टोली र आधुनिक प्रयोगशालाले अध्ययनलाई थप प्रभावकारी बनाएको छ ।
हाल एसईई उत्तीर्ण गरी होटल म्यानेजमेन्ट अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि कलेजले धमाधम भर्ना लिइरहेको जनाएको छ ।
होटल तथा आतिथ्य क्षेत्रमा उज्ज्वल भविष्यको सपना देख्ने विद्यार्थीहरूका लागि अनुभव, गुणस्तर र विश्वासको प्रतीक बनेको दि इस्टर्न एमपायर कलेज अफ होटल म्यानेजमेन्ट नै उत्कृष्ट गन्तव्य सावित भइरहेको छ ।





