
रमा खतिवडा, उर्लाबारी । पुर्वी मोरङको उर्लाबारी स्थित मंगलबारेमा रहेको बेतेनी सिमसार क्षेत्र आन्तरिक र वाह्य पर्यटनको आर्कषणको केन्द्र बनेको छ ।
उर्लाबारी-२ मंगलबारेमा बेतेनी सामुदायिक वन क्षेत्र भित्र रहेको यस सिमसारको हरियाली र शान्त वाताबरणले आगन्तुकहरुलाई मनलाई खिच्ने गरेको छ । तराई क्षेत्रमा हुने उखरमाउलो गर्मीलाई केही क्षण छल्न पनि यस सिमसार क्षेत्रले सहयोग पुर्याउदै आएको छ ।
मंगलबारे चौक बाट लभगभ ढेड किलोमिटर उत्तरमा रहेको यस क्षेत्रको हरियाली बाताबरण र सर्लक्क परेका एकै किसीका सालका हरिया रुखहरुको गल्छीबाट पहाडको शौन्र्दयता यहाबाट नियाल्न सकिन्छ भने २ ठुला जलसायले यहाको आर्कषण र मनोरमतलाई झनै निखारेको छ ।
करिब ३५ हेक्टर क्षेत्रफलमा फैलिएको सिमसारको हरियाली वाताबरण र पोखरीको कञ्चन पानी र बालउध्यायनले विवाहको मण्डपमा सजिएर बसेकी बेहुलीको शौन्र्दयता झै सुन्दर र आर्कषणता थपेको छ ।
यस सिमसार क्षेत्रमा पाइने काछुवा, विभिन्न प्रजातिका चराचुरुङगी (तथा मैना, लुइँचे, धनेश, मयूर, बट्टाईं, हाँडिफोर, बकुल्ला ) लगायत चराचुरुङ्गी पाइन्छ । यहा मुख्य रुपमा बेत पाइनुका साथै, सर्पगन्धा, हर्रो, अमला, लहरे, टिम्बुर, सुनाखरीजस्ता वनस्पति सिमसार क्षेत्रमा पाइन्छ । भने आसपासमा हरिण, चितुवा, बँदेल, दुम्सी, सालक, वन बिरालो, गोहोरो, अजिङ्गर लगायतका जीवजन्तु पाइन्छ ।
बेतिनी सिमसार क्षेत्र वनभोज खान र घुम्न जानेहरुको आकर्षक गन्तव्य हो । पिकनिको समयमा यस क्षेत्रमा वनभोज खान विराटनगर, इटहरी, धरान, लेटाङ, बेलबारी, पथरी, कानेपोखरी, दमक, गौरादह, विर्तामोड देखीका स्कुलका विध्यार्थीहरु आउने गरेका छन् । जस्का कारण यो क्षेत्र मोरङमा एउटा सुविधासम्पन्न पिकनिक स्थलका रुपमा पनि आफ्नो पहिचान बनाउन सफल भएको छ ।
जाडो मौसम शुरु भएसँगै सिमसारमा वनभोज खान र घुम्न दैनिक तीन/चार सय र सार्वजनिक विदाका दिन करीब एक हजारको हाराहारीमा आउने गरेको बेतिनी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीम राईले जानकारी दिए ।
सिमसार क्षेत्रको विकासका लागि प्रदेश सरकार र स्थानिय नगरपालिकाले रकम नै विनियोजन गरेर सोको प्रर्वद्धनका लागि काम गरिरहेका छन् । भने बनले सिमसार क्षेत्रमा वनभोज खानका लागि रु १ हजार सम्म र घुम्नेहरुका लागि प्रतिव्यक्ति रु २० प्रवेश शुल्क लिएर वनले आर्थिक आम्दानी पनि गर्दै आएको समितीकी सचिव अरुणा थापाले बताइन् ।
यस्तै सिमसार घुमिसकेपछि नास्ताको लागि अन्यन्त्र धाउनु पर्दैन सिमसार सगै जोडिएको बाङगे बजारमा पाक्ने बंगुर र कुखुराको परिकारले आगन्तुकहरुको मुख नै रसाउने गरी स्वाद पस्कीन्छ । जहाको सेकुवा पुर्वी नेपालमै प्रख्यात छ । जहा दैनिक जसो बंगुरको १ सय किलो सम्म र सोही हाराहारीमा कुखुराको मासु विक्रि हुदै आएको स्थानिय एक व्यापारीले बताए । जहाँ हाल २० भन्दा बढी पसलहरु संचालनमा रहेका छन् भने १ भन्दा बढी परिवारको रोजीरोटी चल्ने गरेको छ ।



