पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाकी एक १४ बर्षीय बालिका बलात्कृत भएकी छिन । उनि जंगलमा निगुरो टिप्न जाँदा बलात्कारमा परेकी हुन ।
मोरङ बेलबारीका २१ वर्षीय सन्तोष नेपालीले बालिकालाई निगुरो टिप्न जाऊँ भन्दै बेलबारीको सिंहदेवी सामुदायिक वन भित्र लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । सन्तोषलाई सोमबार राति घरैबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
बालिकाले सुरक्षाको लागि प्रहरीलाई आग्रह गरे पछि बलात्कारको घटनाबारे थाहा भएको र सन्तोष विरुद्ध जबरजस्ती करणी मुद्दाको जाहेरी अनुसार अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
ADVERTISEMENT