बिमला काफ्ले, उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकालाई सिमसारको शहर भनेर चिनिने गरेको छ । ७४.६२ वर्ग किलोमिटर क्षेत्रफमा फैलिएको यस नगरपालिकामा बेतेनी सिमसार, बुढाठाकुर सिमसार, बाँसेचौरी सिमसार र लाम्पाते सिमसार गरी ४ बटा मुख्य सिमसार क्षेत्रहरु हुन् ।
पुर्वमा झापाको दमक, उत्तरमा मिक्लाजुङ र लेटाङ, पश्चिममा पथरीशनिश्चरे नगरपालिका र दक्षिणमा रतुवामाई नगरपालिका सग सिमाना जोडिएको यस पालिकाको वडा नम्वर-२ मा ४ ओटा सिमसार क्षेत्र रहेका छन् ।
पुर्वपश्चिम लोकमार्ग देखी उत्तरमा रहेको सालबारी सामुदायिक वन क्षेत्र भित्र लाम्पाते र बाँसेचौरी गरी २ वटा सिमसार क्षेत्र रहेका छन । जस मध्ये बाँसेचौरी सिमसार आन्तरिक पर्यटकहरुका लागि गन्तव्य स्थानका रुपमा परिचित बनी सकेको छ भने लाम्पाते सिमसार भने ओझेलमा परेको छ ।


राजमार्गदेखी करिव १ किलोमिटर उत्तरमा रहेको यस सिमसार क्षेत्रको कुनै ऐतिहासिक महत्व भने छैन् तर यस क्षेत्रमा भएको जरुवा पानीलाई संरक्षण गरेर निर्माण गरिएको ठुलो जलाशयमा पाइने चराचुरुङगीको दुश्यले त्यहाँ पुग्ने जो कसैको पनि मन लोभ्याउने गर्दछ ।
जलाशय आसपालमा चिरविरचिर कराउदै पानीमा डुवुल्की मार्दै उड्ने बकुल्ला, पानीहास लगाएत अन्य जलचर र थलचर जस्ता पक्षिहरुको हुलले सिमसार क्षेत्रको सौन्दर्यतालाई निखारेको छ ।
जंगलसगै जोडिएको लाम्पाते सिमसार स्थानीय मुलहरुबाट आएको पानीबाट बनेको जलाशय हो । चारैतिर हरियाली साल सहितका अन्य प्रजातिका रुखहरुको जंगल रहेको यो क्षेत्र विषेश गरी पंक्षिप्रेमीहरुका लागि उत्तम गन्तव्य स्थल बन्न सक्दछ ।
बाह्रैमास यस क्षेत्रमा पाइने पानीका कारण लाम्पाते सिमसार जंगली जनवार हरिण, बन विरालो, बँदेल लगाएतका जिवजन्तुको बासस्थान बनेको छ । भने पोखरीमा कहिलेकाही पानी पिउनका लागि ति जनवारहरुको आगमन पनि हुने गर्दछ ।
हरियाली र शान्त वातावरणमा रहेको यस क्षेत्रमा स्थानिय नगरपालिका, वडा र वनको सयुक्त पहलमा आगन्तुहरुका लागि बस्न मिल्ने गरी केही फलैचाहरु समेत निर्माण गरिएको छ । जहाँ वसेर जलाशयमा आउने जिवजन्तु र पंक्षिहरुको आवजलाई सुनेर आनन्द लिन सकिन्छ । तर यस सिमसारको प्रचार-प्रसार पर्याप्त मात्राम नहुनाले आन्तरिक पर्यटकहरु आउन सकेका छैनन् ।
प्राकृतिक शौन्र्दयताले भरिपुणर् यस सिमसारको विकास र प्रर्वधनमा स्थानिय सरकार र वनले चनाखो भएर कम गर्ने हो भने नगरपालिकाले लिएको “सुन्दर, शिक्षित, समृद्ध र सुशासनयुक्त हरित पर्यटकीय नगर निर्माण, हाम्रो अभियान” ले सार्थकता पाउने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय