किशोर निरौला, मधुमल्ला । नेपाली कांग्रेस मिक्लाजुङ-८ ले मिक्लाजुङ गाउँपालिका वडा नं. ८ लाई श्रावण ३१ गते मलखाद वितरण गर्ने सन्र्दभमा अनियमितता भएको भन्दै वडा नं. ८ लाई ध्यानकर्षण पत्र बुझाएको छ ।
मंगलबार नेपाली कांग्रसे मिक्लाजुङका वडा नं. ८ का कार्यबहाक वडा सभापती भक्त कार्की सहितको टोलीले मिक्लाजुङ गाउँपालिका वडा नंं. ८ का वडाध्यक्ष पुणर् बहादुर कुवंर (प्रवेश) लाई ध्यानकर्षण पत्र बुझाएको हो ।
नेपाली कांग्रेस वडा नं. ८ ले वाडमा रहेका सहकारीहरुले वडामा दिइरहेको सेवाको बारेमा जानकारी गराउदै बिगत ५ बर्ष अघि देखी निरन्तर नेपाल सरकारबाट अनुदानमा प्राप्त भएको मलको वितरणमा भएको अपारदर्शीताको बारेमा वडाले खोजविन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।
के कती किशानहरुलाई कुन विधीबाट के कती दरभाउमा वितरण भएको छ । वडामा मलखाद वितरण गर्ने प्रतिष्ठा सुपाडी सहकारी संस्था र तोरीबारी उघुउद्यमी कृषि सहकारी संस्थालाई वडा स्तरीय छानविन गरी यथार्थ विवरण सार्वजनीक गर्न नेपाली कांगेस मिक्लाजुङ-८ ले वडा कार्य समितीले ध्यानाकर्षण गराएको हो ।
ध्यानकर्षण पत्र बुझ्दै मिक्लाजुङ गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष पुणर्बहादुर कुवंर (प्रवेश) ले दुबै सहकारीहरुले गरेका कामहरुको बारेमा जानकारी लिई छानविन गरी र सत्य तथ्य सार्बजनीक गर्ने प्रतिबद्धाता व्यक्त गरे ।
हाल वडाका बारेमा सामाजीक सञ्जालहरुमा देखिएको आरोप प्रत्यारोपको क्रम राम्रो नभएकाले यसमा समेत सुधार गर्दै वडालाई समृद्ध वडा बनाउने कार्यमा आफु निरन्तर लागि पर्ने कँुवंरले बताए ।
ADVERTISEMENT