पथरी । सरकारले मंसिर ४ गतेलाई संघ र प्रदेशको लागि निर्वाचन गर्ने मिती तोकेको छ । सरकारले मिती तोकेसगै राजनीतिक दलले उम्मेद्वारी चयनको कार्यलाई अगाडि बढाएका छन् ।
सोही सिलसिलामा मोरङ कांग्रेसले संघ र प्रदेशका लागि उम्मेद्वारी चयन गर्ने कार्यलाई अगाडि बढाएको हो । कांग्रेसले १७ गते सम्म आफु मतहतका कमिटिलाई उम्मेद्वार सिफारिस गर्न आग्रह गरेको छ ।
यस पटक मोरङ क्षेत्र नं ३ मा सहमतिमा एक/एक जनाको मात्र नाम संघ र प्रदेशमा पठाउने तयारी काङ्ग्रेसले गरिरहेको भएता पनि कांग्रेसबाट प्रतिनिधीसभाका लागि डा. सुनिल शर्मा र गोपाल थापाको नाम चर्चामा आईरहेको छ ।
भने थापा समानुपातिक तर्फ जाने बताइ रहेका कारण सुनिल शर्मा एक्लैको नाम सिफारिस हुने सम्भावना रहेको छ ।
एक काङ्ग्रेस नेताले भने ,” हामी यस पटक क्षेत्र नं ३ मा चुनाव जित्ने गरी लाग्छौ । उम्मेद्वार समेत त्यही अनुसार सर्वसम्मत रुपमा अगाडि बढाउछौ । गोपाल थापा पनि पुराना नेता र जनतामा भिजेका नेता हुन, उनलाई पनि पार्टीले उचित मुल्यांकन गरी अवसर र जिम्मेवारी दिनुपर्छ ।
यस्तै कांग्रेसका अर्का नेताले भने- क्षेत्रमा शर्मालाई उम्मेद्वार बनाएर थापालाई समानुपातिक तर्फ लैजाने काङ्ग्रेसको योजना छ, यदि त्यसो भयो भने कांग्रेसले चुनाव जित्छ । मोरङमा यदी गठबन्धन भए क्षेत्र नं ३ काङ्ग्रेसले र प्रदेश (क) काङ्ग्रेस र प्रदेश (ख) क्षेत्र माओवादीले पाउने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय