उर्लाबारी १४ भदौं । नेपाली कांग्रेस प्रदेश १ का सहमहामन्त्री खड्ग फागोले नेपाली हिन्दु महिलाको महान पर्व तीजको अवसरमा शुभकामना ब्यक्त गरेका छन ।
नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै फागोले  स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायू तथा प्रगतिको शुभकामना दिएका छन् ।
तीजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय, वर्गीय र सबै किसिमका असमानताहरूको अन्त्य गर्ने फागोको विश्वास छ । पर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकताको आधार स्तम्भको रूपमा स्थापित हुने दिशामा एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भनी कामना सहमहामन्त्री फागोको रहेको छ ।
साथै उनले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास ब्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय