उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले आफु निर्वाचित भएको १ सय दिन पुरा भएको अवसरमा सय दिनका उपलव्धीहरुलाई शिलशिलेवार रुपमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराए ।
मेयर खरेलको १०० दिनको उपलव्धीलाई ४१ वटा बुदामा समेटेका छन् । ४१ वटा बुदामा समेटीएको उपलव्धी पत्रको ३७ नम्वर वुदामा मेयर खरेलले उर्लाबारी नगरपालिका क्षेत्रभित्र पर्ने राजमार्गका खाल्डाखुल्डी पुरेको र आवतजावतमा सहज पारिएको बुदा उल्लेख गरेका छन् ।
मेयर खरेलले प्रस्तुत गरेको बुदामा लेखिएको छ “पुर्व पश्चिम राजमार्गको दायाबाया ग्रावेल गरी खाल्डाखुल्डी पुरीएको साथै प्रत्येक वडामा मर्मत सम्भारका लागि रकम विनियोजन गरी नागरीकहरुको भोगिरहेको असहजतालाई सम्वोधन गरिएको रोड बीचमा भएका खाल्डा पुर्न सडक डिभिजन कार्यालय बिराटनगर सग पहल गरी पुरीएको”
मयेर खरेलले प्रस्तुत गरेको यो उपलव्धीलाई कागजमा हेर्ने हो भने साचै नै काम भएको र सर्वसाधरणले खेप्दै आएको सास्ती निमिट्यान्न भएको जस्तो देखीन्छ । तर यर्थाथमा भने अझै सम्म पनि सडकका खाल्डाखुल्डी र उर्लाबारीको मुख्य चौकमा जमेको पानीको दह भने जस्ताको त्यस्तै रहेको छ ।
मेयर खरेलले सडकका खाल्डाखुल्डी पुर्न भन्दै नगरपालिकाबाट मोटो रकम विनियोजन गरी खाल्डाखुल्डी पुरेको एक महिना बित्न नपाउदै उर्लाबारीको मुख्य सडक किनारको अवस्था उस्तै बनेको छ । जसका कारण सर्वसाधरण जनताले सास्ती खेप्दै आएका छन् ।
मेयर खरेलले प्रस्तुत गरेको उपलव्धी पत्रमा यस्ता अन्य धेरै कुराहरु कागजमा पास भएका छन् भने यथार्थमा भने फरक रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय