उर्लाबारी, भदौ १७ । मोरङको उर्लाबारी नगरपालिका स्थित वडा नम्वर-७ बैसबारीमा निर्माणधिन अवस्थामा रहेको वडा कार्यालय अलपत्र परेको छ । वडा कार्यालय भवन निर्माणको ठेक्का पाएको रिजेन्सी विल्डर्स प्रालि गोकणर्ेश्वर काठमान्डौले विभिन्न वहाना बनाएर नियमित काम अगाडी नवढाउदा भवन निर्माणमा ढिलासुस्ती भएको हो ।
भवन निर्माणका लागि २०७८ पौष २० गते देखी भवन निर्माणको काम थालनी गरेको ठेक्केदार कम्पनीले २०७९ कार्तिक १५ सम्ममा निर्माण सम्पन्न गरी कार्यालय बुझाउनु पर्ने समयसीमा रहेको भएतापनि ९ महिना विती सक्दा समेत लगभग ३०/३५ प्रतिशत काम मात्र सम्पन्न गरेको नगरपालिकाका ईन्जिनियर पोखराज शाहाले बताउनु भयो ।
१ करोड ७ ला ८९ हजारमा ठेक्का लागेको भवन ९ महिना वित्नै लाग्दा समेत आधा भन्दा कम काम भएका कारण समयमै निर्माण सम्मपन्न हुनेमा आशावादी नरहेको शाहाको भनाई छ ।
ADVERTISEMENT