उर्लाबारी, ८ चैत्र । मोरङको उर्लाबारी-३ र २ मा रहेको सालबारी एकता क्लवको आयोजनामा
निशुल्क स्वास्थ्य शिविर सम्पन्न् भएको छ ।
नोवेल मेडिकल कलेज विराटनगरको सहयोगमा सम्पन्न स्वाथ्य शिविरबाट उर्लाबारी-२ र ३ का २ सय ४० जना भन्दा बढीले लाभ लिएको क्लवका अध्यक्ष विजय माझीले बताउनु भयो ।
सोमबार संचालित सो शिविरमा आखा, नाक, कान, घाटी, उच्च रक्तचाप लगाएतको स्वास्थ्य परिक्षण गरिएको थियो । कार्यक्रम उर्लाबारी-३ को प्रस्तावित सालबारी रंगशालमा सम्पन्न् भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय