उर्लाबारी, २ पुष । मोरङको उर्लाबारीमा रहेको उर्लाबारी बहुमुखी क्याम्पसलाई नेविसंघले औषधी सहयोग गरेको छ ।
नेविसंघ उर्लाबारी नगर समितिको पहलमा प्राथमिक उपचारका लागि चाहिने औषधी तथा आषधी जन्य बस्तु क्याम्पस प्रशासनलाई हस्तानतरण गरिएको नेपाल विद्यार्थी संघ उर्लाबारी नगर सभापती अर्विन घिमिरेले बताउनुभयो ।
घिमिरेको अगुवाईमा उर्लाबारी स्थित अरनिको अस्पतालले टाउको दुख्दा खाने औषधी, व्यान्डिस, चोटपटक लाग्दा सफा गर्ने औषधी लागएतका औषधीजन्य बस्तु सहयोग गरेको हो ।
अस्पतालबाट प्राप्त सहयोगलाई आज सभापति घिमिरे, नगर सचिव कृतिका कार्की, स्ववियु सचिव देवेन्द्र पौडेल, स्ववियु सदस्य संदिप बुढाथोकी लगाएतको टिमले क्याम्पस प्रमुख खेमराज कार्कीलाई हस्तानतरण गर्नुभयो ।
औषधी बुझ्दै क्याम्पस प्रमुख कार्कीले विद्यार्थीहरुको तर्फबाट प्राप्त सहयोग सर्हानिय भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय