काठमाडौं ,२३ साउन । बंगलादेशको अन्तरिम सरकारको प्रमुख मुहम्मद युनिस बनेका छन् । उनले मंगलबार अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका थिए ।

नोबेल शान्ति पुरस्कार विजेता युनिस बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकार हुने राष्ट्रपतिको कार्यालयले घोषणा गरेको बीबीसीले जनाएकाे छ ।

आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुखसमेत सहभागी बैठकले युनिसलाई अन्तरिम सरकारको प्रमुख बनाउने  निर्णय गरेकाे  बताइएको छ । 

विद्यार्थी नेतृत्वको आन्दोलन अशान्तिमा परिणत भएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छोडेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय