दिलीप पोखरेल / उर्लाबारी
गियरसिफ्ट नेपाल राइडरहरुको ११ जनाको टोलीले भारतको लद्दाख क्षेत्रको २० दिने यात्रामा सफलता हाँसिल गरेको छ । मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ४ का विप्लव बोहोरासहितको ११ जनाको टोलीले ५ हजार ८ सय ८३ मिटर (१९,३०० फीट) उचाइमा रहेको विश्वको सबैभन्दा अग्लो मोटरेवल सडक उम्लिङ लाको भ्रमणमा सफलता हाँसिल गरेको छ।

‘द ग्रेट हिमालयन ओडिसी’ नाम दिइएको उक्त विशाल मोटरसाइकल यात्रामा मनिष देवकोटाको कप्तानीमा ६ हजार ३ सय ५३ किलोमिटर दूरी पुरा गरी गत नोभेम्बर ५ मा( कार्तिक २० गते) काठमान्डौको नक्सालस्थित बाइकर्स क्याफेमा फर्किएको थियो ।  

गियरसिफ्टको सो लद्दाख यात्रा गत अक्टोबर १५ गते (असोज २९ ) बिहान उक्त क्याफेबाट सुरु भएको थियो।

सो ओडिसीमा काठमान्डौको कवच गेयर, एपलो टायर, बजाज नेपाल, अटो सिटि ईटहरी र तरल क्याफे उर्लाबारीको स्पोन्सर रहेको थियो भने यात्राको संयोजन गियरसिफ्ट नेपालको रहेको थियो ।

यो अभियानको सफलतासँगै देशको मोटरसाइकल संस्कृतिमा एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित हुनुको साथै मोटरसाइकल राईडरहरु र मोटरसाइकल दुवैको सहनशीलता र लचिलोपनको प्रमाण भएको विज्ञहरुको भनाई छ ।

यस्तै उक्त टोलीले ति क्षेत्रमा पर्ने १७ वटा उच्च र जोखिम स्थानमा रहेको मोटोरेवल हाई पास (३५०० मिटर माथि) पुगेर नेपालको लागि नया किर्तिमान समेत रचेको राईडर बोहोरा बताउछन् ,” हामी नेपालको प्रतिनिधित्व गर्दै अति नै जोखिम मानिएका डेथ जोनमा पुगेर सकुशल फर्कियौँ । यो देशको लागि गौरवको कुरा हो, मोटोरेवल क्षेत्रमा नया सफलता मिलेको छ । ”

यस्तै उनीहरुले यो ठूलो चुनौतीको सामना गरेर विश्वको सबैभन्दा अग्लो मोटरेवल सडकबाट पुग्न सकिने उम्लिङ लामा पुग्नुले आफु भाग्यशाली भएको बोहोरा बताउछन् । बोहोरा आफ्नो अनुभव शेयर गर्ने क्रममा बताउछन्,” हामी यहाबाट ठुलो उर्जा र जोखिम मोलेर भारतको युद्धग्रस्त क्षेत्रमा राईड गरेर फर्किन सफल भयौँ । भारत सरकारले जम्मु कश्मीरको विशेष राज्यको दर्जा खोस्ने र केन्द्र शासित राज्य बनाउने साथै लद्दाखलाई जम्मु कश्मीरबाट अलग गर्ने निर्णय गरेसँगै त्यहा अशान्ति मच्चिरहेको रहेछ । त्यहाका धेरै विषय बाहिर आउदैनन् । उच्च हिमाली भुभाग र उच्च जोखिमको पर्वाह नगरि हामीले यात्रा पुरा गर्यौँ । त्यहाका डेथ जोन मानिएका क्षेत्रहरुमा समेत यात्रा गर्यौँ, कोहि साथीहरु गुगल म्यापले काम नगरेपछि सम्पर्कविहिन भए । भारतीय कमान्डो सेनालाई मात्र प्रवेश दिईने क्षेत्रमा म आफै ४ दिन सम्पर्कविहिन हुनपुगे । सिमित स्रोतसाधनका बाबजुद हामीले जोखिमपुर्ण यात्रा पुरा गरेका हौँ ।”

भारत र चाईनाको सिमाना उम्लिङ्ला पुगेर फर्किएसँगै उनीहरुले क्रस–कंट्री साहसिक कार्यलाई सफल बनाएका छन् ।

करिव १४ वर्षदेखी राईड्समा रुची राख्ने ३१ वर्षिय बोहोराले अप्पर मुस्ताङ , सन्दकपुर , लमजुङ लगायतका देशका लामा रुटहरुमा सफलता हासिल गरेका छन् भने सय भन्दा बढि छोटा रुटहरुमा समेत यात्रा गरेका छन् यस्तै उनले हालसम्म ३ लाख किमिको यात्रा सफल गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय