उर्लाबारी वडा नम्बर ३ मंगलबारे चोकमा स्थानिय बालबालिकाहरुले सचेतनामूलक सडक नाटक देखाएका छन् । शनिबार दिउसो करिव २ बजे मंगलबारे च‍ोकमा स्थानिय ८ जना बाल कलाकारहरुले ‘मानसिक स्वस्थ्य महत्वपुर्ण छ” शिर्षकमा सडक नाटक देखाएका छन् ।

स्थानिय १६ वर्षिय निशान श्रेष्ठ र एमोस विक, १४ वर्षिय कुशल सुनार र स्वागत श्रेष्ठ, १३ वर्षीया अनिशा दर्जी,११ वर्षिय एल्भिन जंग कार्की र केशव रत्न र १० वर्षीया एन्जल रसाईलीलगायतले सडकमा करिव २० मिनेट नाटक प्रदर्शन गरेका थिए। जसमा उनीहरुले मानसिक रोग र यसको उपचारको बारेमा सचेतना गरेका थिए।

स्थानिय युवा अनिष दर्नालको संयोजकमा करिव ५ दिनमा तयार गरिएको सो नाटकको कथावस्तु निराजन विक र अशोक विकले तयार गरेको बताईएको छ ।

यस्तै सो सडक नाटकको व्यवस्थापन सामाजिक अभियान्ता मणि देवानले गरेका थिए । त्यस्तैगरि साँझ करिव साडे ३ बजे उनीहरुले सो नाटक शनिबारे बजार क्षेत्रमा समेत प्रदर्शन गरेका थिए ।

यता वर्तमान समयसापेक्ष सडकमा देखाईएको सो नाटक समाज परिवर्तनको एक महत्वपुर्ण विषय भएको भन्दै स्थानियहरुले तारिफ गरेका छन् ।

यस्तो छ नाटकको कथावस्तु:
नाटकको मुख्य पात्र निशान श्रेष्ठमा परिवारको न्युन आर्थिक अवस्था र मोवाईको अत्याधिक प्रयोगले उनको विग्रदो मानसिक अवस्थाबारे नाटकको सुरुवाती चरणमा प्रस्तुत गरिएको छ । यस्तै उनले आफु मानसिक रोगको शिकार भएसँगै आफ्ना साथिभाई र ईष्टमित्रहरुबाट अपहेलित भएसँगै गलत संगतमा पर्न गई लागुऔषधको दलदलमा फस्न गएको अवस्था बारे नाटक प्रदर्शन गरिएको छ ।

यस्तै उनी मानसिक रोगबाट ग्रसीत भई उनले त्यो अवस्थाको पागलपन र बर्बरता बारे अभिनय प्रस्तुत गर्छन् र अन्त्यमा आत्महत्याको बाटो समेत रोज्न पुग्छन् ।

यत्तिकैमा उनी घरबाट निस्कन्छन् र गन्तव्यविहिन ‍भई हिड्ने क्रममा मनोचिकित्सक अनिष दर्नालले उनलाई फेला पार्छन् । दर्नालले उनलाई विस्तारै दुर्व्यसनमुक्त गराई महिनौ दिनसम्म आफुसँगै राखेर उनको मानसिक रोगको उपचार गर्छन् । विस्तारै उनी ठिक हुन्छन् र मनोचिकित्सक दर्नालले निशानलाई उनको घर लिएर जान्छन् ।

दर्नालले परिवार र स्थानियलाई बालबालिकाहरुको पढाईलेखाई, खेलकुदसँगै मनोरञ्जन र उनीहरुलाई राम्रोसँग प्रेम र हेरचाह गर्नुपर्ने, मानसिक रोगको लक्षण देखिएमा मनोचिकित्सकसँग उपचार गराउने तर उनीहरुलाई घृणा र अपहेलना गर्न नहुने बारे सचेत गराउछन्।

अन्त्यमा श्रेष्ठ आफै मानसिक रोगबारे सचेतना गराउदै हरेक विद्यालय र बालबालिका केन्द्रहरुमा पुग्छन् । उनी बालबालिकाहरुमा मानसिक रोगको लक्षण र उपचारको लागि सचेतना अभियान लिएर गाउगाउ हिड्छन् । अब उनीसँग अभियानकर्मीहरुको ठुलो समुह भैसकेको छ, उनी यस अभियानमा सकृय भई लागिरहनेछन् ।

यतिकैमा कथावस्तु अन्त्य हुन्छ, बेजोड तालिले उनीहरुलाई स्वागत गरिन्छ । उनीहरु दर्शकक सामु धन्यवादको पात्र भएका छन् ।

नाटकका संयोजक दर्नालकाअनुसार सो नाटक चाडै उर्लाबारीका हरेक विद्यालयहरुमा देखाईने तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय