उर्लाबारी । उर्लाबारी हलुका सवारी चालक समूहको अध्यक्षमा विनोद दाहाल चयन भएका छन् । आज मंगलबार सम्पन्न समूहको चौंथो साधारणसभाबाट अध्यक्षमा दाहाल सहितको कार्यसमिति निर्विरोध चयन भएको हो ।
समूहको उपाध्यक्षमा मुकुन्द भट्टराई, सचिवमा ज्ञानु प्याकुरेल, सहसचिवमा दुर्गा भण्डारी र कोषाध्यक्षमा दिनेश थेवे रहेका छन् । यस्तै, सदस्यहरुमा गोपाल खरेल, विजय नेपाली, चिरञ्जिवी पाण्डे, सुमन धिमाल, गुरुप्रसाद घिमिरे र भीम खतिवडा सर्वसम्मत् छानिएका छन् ।
साधारणसभाबाट दुर्घटना अनुगमन समितिको संयोजकमा सर्वजीत भण्डारी, सदस्यहरमा नरेश तिम्सिना, डिगबहादुर कार्की, भिमकुमार राउत, भुवन ढुंगेल र विपिन अधिकारी, क्यु अनुगमन समितिको संयोजकमा जितबहादुर काफ्ले र सदस्यहरुमा ध्रुव आचार्य, मोहन भट्टराई, सौगात लिम्बू, नगेन्द्र भट्टराई, राजन खड्का, वीरबहादुर दाहाल, भोला भट्टराई र पूणर्बहादुर तामाङ चयन भएका छन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका बरिष्ठ प्रहरी नायव निरीक्षक डेकेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि कार्कीसहित ट्राफिक प्रहरी पोष्ट उर्लाबारीका इञ्चार्ज निलमणि पोखरेल, सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराई, सिटी सफारी संघ उर्लाबारीका सचिव हरि ढकाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभाको अवसरमा विना जरिवाना लेवी तिर्ने, अग्रिम रुपमा वार्षिक लेवी तिर्ने, ५० वर्ष माथि उमेर समूहका चालकहरुलाई सम्मान गरिएको थियो । यस्तै, ट्याक्सी स्टेण्ड व्यवस्थापनमा सहयोग गर्ने पूणर् वाइवा, विनोद खड्गी, कृष्ण श्रेष्ठ, सर्वजीत भण्डारी, राजेन्द्र लिम्बू र खड्गप्रसाद अधिकारीलाई प्रसंसापत्र प्रदान गरिएको थियो । समूहका अध्यक्ष विनोद दाहालको सभापतित्वमा भएको कार्यक्रममा सचिव ज्ञानु प्याकुरेलले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय