उर्लाबारीमा लायन्स क्लवको आयोजनामा सय भन्दा बढिको नि:शुल्क स्वास्थ्य परिक्षण गरिएको ।

उर्लाबारी र  मधुमल्लामा सकृय लायन्स क्लवहरु क्रमश: ३ र १ वटाको संयुक्त आयोजनामा र उर्लाबारीस्थित गोदावरी अस्पतालको प्राविधिक सहयोगमा शनिबार अस्पतालमा सम्पन्न नि:शुल्क स्वास्थ्य परीक्षणमा १ सय ३ जना  लाभान्भित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी एम.जे.एफ. लिला चिमरीयाले विगतदेखी नै लायन्सले विश्वभरी यस्ता मानविय सेवाहरु गर्दै आएको बताउदै लायन्सले उर्लाबारीमा गरेका सामाजिक कार्यहरुको प्रशंसा गरे । उनले उर्लाबारीमा आगामी दिनहरुमा समेत समाज रुपान्तरणका थप रचनात्मक कार्यहरु गर्न प्रेरीत गरेका छन् ।

लायन्स क्लव अफ उर्लाबारी, लायन्स क्लव अफ उर्लाबारी आस्था, लायन्स क्लव अफ इष्टर्न मोरङ र लायन्स क्लव अफ मधुमल्लाका अध्यक्षहरु क्रमश: नितम चौहान, डा.चेतना श्रेष्ठ, खगेन्द्र गुरागाँइ र सन्तोष गौतमको संयुक्त अध्यक्षता सम्मन्न उक्त स्वास्थ्य शिविरमा नि:शुल्क ओपिडि सेवा, ल्याबमा २० प्रतिशत छुट र केहि औषधीहरु नि:शुल्क गरिएको गोदावरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शिवकुमार साहले जानकारी दिए ।

उक्त स्वास्थ्य परीक्षण शिविरमा प्रसुती, स्त्री रोग विषेशज्ञ डा.चेतना श्रेष्ठ र मधुमेह,प्रेसर, छाती र मुटु रोग विषेशज्ञ डा. शिवकुमार शाहद्वारा स्त्री रोग, बाझोँपन , थाईराईड, मधुमेह, मुटुरोग, पेट तथा नसा सम्बन्धि रोग, दम, लगातको परीक्षण गरीएको अस्पतालका प्रशासन प्रमुख धिरज निरौलाले जानकारी दिए ।

उनका अनुसार शनिबार डा. शाहले ६७ र डा. श्रेष्ठले ३६ गरी जम्मा १ सय ३ जनाको स्वास्थ्य परिक्षण गराईएको थिए ।

कार्यक्रममा अस्पतालका संचालक समिती अध्यक्ष डा. सूर्यनारायण शाह,  लायन्स क्लवका रोशन बुढाथोकी, तेजकुमार रिजाल, जयधर्म आचार्य, रुपा श्रेष्ठ, अर्जुन न्यौपाने,बेदनिधी तिम्सिनालगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय