उर्लाबारी, १९ पुस ।मोरङको रतुवामाई र उर्लाबारी नगरपालिकामा जंगली हात्ती बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।

रतुवामाई नगरपालिकाको वडा नम्बर ९ स्थित झर्ना टोल हुँदै वडा नम्बर १० को गोप्पेश्वर मन्दिरको रिङरोडबाट राष्टनिर्माण उर्लाबरि ९ र ७ को कुलुङ चौक आसपास भईं  हात्ती उर्लाबारीतिर आएको हो ।

९ वटा जंगली हात्ती बस्तीमा प्रवेश गरेपछि अहिले त्यस क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानीयका अनुसार आज बिहान हात्ती रतुवामाईको ९ र १० हुँदै उर्लाबारीतर्फ अएको हो ।

प्रहरीका अनुसार उर्लाबारी ९ बाट बक्राहा खोलातिर गएका हात्ती फेरि उर्लाबारी ८ को कदम टोली हुदै शन्ति आधारभुत बिध्यालय छेउको जङगलमा प्रवेश गरेको उर्लाबारी ९ का वडा अध्यक्ष नरबहादुर मोक्तानले बताउनु भयो ।

मोक्तानका अनुसार हात्ती अहिले बक्राहा खोलातिर जाँदै छ ।

हात्तीले कुनै मानवीय र धनजनको क्षति भने गरेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय