उर्लाबारी २३ पुष । मोरङको उर्लाबारी-३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको मूल गेट छेउमा अवस्थित नतुल फार्मेसीले थप सेवा बिस्तार गरेको छ ।

फार्मेसीले मंगलबारेमै पहिलोपटक विषेशज्ञ डाक्टरद्वारा फिजियोथेरापी सेवा सुरु गरेको फार्मेसी संचालक सोमप्रसाद तिमिल्सीना(राम)ले जानकारी दिए आजदेखि सोमबारदेखी दैनिक रुपमा उक्त सेवा उपलब्ध गराईने संचालक रामले बताए ।

मंगलबारेमा वि.सं. २०६२ सालदेखी निरन्तर रुपमा फार्मेसी सेवा उपलब्ध गराउदै आएको सो फार्मेसीमा दैनिक रुपमा विषेशज्ञ डाक्टरहरुद्वारा उपचार तथा स्वास्थ्य परामर्श सेवाका अलवा भिडियो एक्सरे, ल्याव तथा सुलभ मुल्यमा औषधि उपलब्ध गराईदै आएको छ ।

उक्त फार्मेसीले आफ्नो व्यवसाय प्रफुष्टनका अलवा सामाजिक र मानविय सेवामा समेत उत्तीकै योगदान पुर्याउदै आएको छ । फार्मेसी संचालक तिमल्सीनाले ट्रमा सेन्टरमा उद्वार गरी उपचारका लागि ल्याईने वेवारीसे विरामीहरुलाई नि:शुल्क औषधीउपचार गराउदै आएका छन् ।

यस्तै सो फार्मेसीमा दैनिक रुपमा नि:शुल्क प्रेसर जाँच सेवाका अलवा फार्मेसीका सिनियर अ.हे.व. सुरेन्द्र संग्रौलाद्वारा नि:शुल्क विरामी जाँच तथा स्वास्थ्य परामर्श सेवा समेत उपलब्ध गराईदै आएको संचालक तिमिल्सीनाले जानकारी दिए ।

उर्लाबारीका विभिन्न सामाजिक कार्य तथा अभियान, खेलकुद र शिक्षा क्षेत्रमा समेत उल्लेखनिय सहयोग उपलब्ध गराउदै आएको सो फर्मेसीले फिजियोथेरापी सेवा महेन्द्र राजमार्ग दक्षिणतर्फको भवनमा बिहान ८ बजेदेखी साँझ ५ बजेसम्म उपलब्ध गराईने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय