दोस्रो संस्करणको भेट्रान्स फुटबल प्रतियोगिता २०८० को आयव्यय सार्वजनिक गरिएको छ । शनिबार उर्लाबारी-६ स्थित भेट्रान्स फुटबल क्लबको सम्पर्क कार्यालयमा क्लबले पत्रकार सम्मेलन आयोजना गरी आर्थीक हिसाब सार्वजनिक गरेको हो।

क्लबमा कोषाध्यक्ष विक्रम चापागाँइद्वारा प्रस्तुत आय-व्यय विवरणमा सो प्रतियोगिता सम्पन्न गर्नका लागि ६ लाख ७६ हजार रुपैयाँ खर्च भएको छ । यस्तै प्रतियोगिता सफल पार्नका लागि उर्लाबारी नगरपालिकाले ३ लाख, स्वर्गीय राज ब. सम्याङखाम परिवारले २ लाख, जीवन पोमु लिम्बुले ७५ हजार दिलिप पोमु लिम्बुले ५० हजार साथै विभिन्न संघ संस्था, व्यक्ति तथा वडा कार्यालयसमेतबाट सहयोग स्वरुप जम्मा ७ लाख २५ हजार रुपैयाँ आम्दानी भएको कोषाध्यक्ष चापागाँइले जानकारी दिए ।

त्यस्तै क्लबले सो प्रतियोगिता अवधिभरका विभिन्न खर्चहरु कटौती गरी ४९ हजार रुपैयाँ नगद मौज्दात बचत गर्न समेत सफल भएको बताईएको छ ।

क्लबका अध्यक्ष दिपक पोमुको अध्यक्षतामा आयोजित सो सम्मेलनमा वडा नम्बर ५ का वडा सदस्य सुरेश आचार्य र विनोद धिमाल, ६ का सदस्य मानबहादुर धिमाललगायतले मन्तव्य राखेका थिए ।

क्लबको आयोजनामा गत माघ १२ गतेदेखी १९ गतेसम्म उर्लाबारीस्थित राधिका माविको खेल मैदानमा सो प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगीताको उपाधि धरान उपमहानगरपालिका भेट्रान्सले जितेको थियो । धरानले सुन्दरहरैँचा नगरपालिकालाई ३-० को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय