पथरी/ पथरीमा धारीलो हतियार प्रहार गरी एक नाबालिकाको हत्या भएको छ । सोमबार राती करिब १०:१२ बजे पथरीशनिश्चरे वडा नम्बर ७ मा खोटाङ जिल्ला ऐसेलुखर्क वडा नम्बर ६ निवासी दानबहादुर राईकी नाबालिका छोरीमाथी धारीलो हतियार प्रहार गरी घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
फूपुको घरमा बस्दै आएकी १४ वर्षीया ज्ञानमती थुलुङ् राईलाई अपरिचित व्यक्तिले टाउको र घाँटीमा धारीलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी गणेश श्रेष्ठले बताए ।
ज्ञानमती पथरीस्थित पञ्चायत माविमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् ।