उर्लाबारीमा शुक्रबारदेखि पाँचौ मेयर कप फुटबल प्रतियोगिता २०८० सुरु भएको छ । वडा नम्बर ८ र वडा नम्बर ३ बीच आज भएको उद्घाटन खेलमा वडा नम्बर ३ ट्राईबेकरमा विजयी भएको छ ।

खेलको ३५ औँ मिनेटमा वडा नम्बर ३ का सन्जिव राईले १ गोल गरेर आफ्नो टीमलाई अग्रता दिलाएका थिए । लगत्तै त्यसको प्रतिरक्षमा वडा नम्बर ८ का योगेन्द्र कार्कीले खेलको ३६ औँ मिनेटमा गोल गरेर खेललाई बराबरीमा पुर्याएका थिए ।

आज भएको एकदमै प्रतिश्पर्धात्मक खेलमा दुवै टीमले थप गोल गरी निर्णायक नतिजा दिन नसकेपछि उक्त खेल ट्राईबेकरमा गएको थियो ।

यसैबीच चौथो संस्करणको मेयर कपको फाईनलमा हार व्यहोरेको वडा नम्बर ३ ले शुक्रबार डिफेन्डिङ च्याम्पियन उर्लाबारी वडा नं. ८ लाई हराउदै आफ्नो खेल प्रस्तुतीलाई अब्बल साबित गरेको छ ।

यस्तै आजको प्रतियोगीतामा वडा नम्बर ३ का समिर तामाङ् म्यान अफ दि म्याच ‍घोषित भएका छन् । उनी नगदसहित मेडलले पुरस्कृत भए ।

उर्लाबारी फूटबल क्लबको आयोजनामा आजदेखी सुरु भएको उक्त प्रतियोगीता आगामी चैत ३ गतेसम्म संचालन हुनेछ । सो प्रतियोगितामा उर्लाबारीका ९ वटै वडाको सहभागिता रहने आयोजकले जनाएको छ ।

उर्लाबारी–६ स्थित राधिका माविको खेलमैदानमा संचालन भएको उक्त प्रतियोगिताको विजेताले नगद १ लाख , उपविजेताले ५० हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका सचिव घनश्याम भण्डारीले जानकारी दिए ।

पाचौँ संस्करणको मेयर कप फुटबल प्रतियोगीतामा उर्लाबारी नगरपालिका मुख्य प्रायोजक रहेको छ ।

यसैबिच प्रयोगिताको दोस्रो दिनको खेल वडा नम्बर २ र वडा नम्बर ६ बीच शनिबार दिउसो ३ बजेदेखी संचालन हुने आयोजकले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय